बैरिया । कपिलवस्तुको बाणगंगा नगरपालिका–१, बैरियामा बिहीबार दिउँसै भएको खुकुरी प्रहारबाट एक युवकको ज्यान गएको छ। दिउँसो घटेको घटनामा मृतक करिब २८–३० वर्षीय सुमन थारु रहेको प्रहरीले जनाएको छ। उनीमाथि खुकुरी प्रहार भएको थियो, जसबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको थियो ।
कपिलवस्तुका प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहले घटनामा संलग्न एक जनालाई नियन्त्रणमा लिइएको पक्राउ परेका व्यक्तिले घटना स्वीकार गरेको र आजै सार्वजनिक गर्ने तयारी भइरहेको बताए । स्थानीयले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।


