थुनामुक्त भएका टोपबहादुर रायमाझी गृहजिल्ला आएर भने- देश कसरी उभो लगाउने भन्ने सिकेर आए

समाचार सारांश
Auto Generated by AI
  • जेल बसाइले आफूलाई थप खारिएर स्टिल जस्तै बलियो बनाएको रायमाझीले बताएका छन्।
  • देश विकास र मुलुकलाई समृद्ध बनाउने विषयमा आफ्नो आत्मविश्वास बढेको उनले दाबी गरे।
  • पहिले आँट नआउने काममा समेत आफू अहिले सक्षम भएको उनको भनाइ छ।

नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले जेल जीवनबाट आफूले धेरै कुरा सिकेर आएको दाबी गर्दै देश विकास कसरी गर्ने र मुलुकलाई कसरी समृद्ध बनाउने भन्ने आत्मविश्वास बढेको बताएका छन् ।

शुक्रबार गृहजिल्ला अर्घाखाँची पुगेका रायमाझीले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिए पनि भट्टीमा खारिएर स्टिल बनेर निस्किएको टिप्पणी गरे ।

‘भट्टीमा हालेर खरानी बनाउन खोजिएको थियो, भट्टीमा खारिएर स्टिल भएर आएको छु,’ उनले भने ।

जेल बसाइले आफ्नो आत्मविश्वास र क्षमता थप बढाएको दाबी गर्दै रायमाझीले पहिले आँट नआउने विषयमा अहिले आत्मविश्वास बढेको बताए ।

‘हिजो आँट आउँथेन, आज आएको छ । देश विकास कसरी गर्नुपर्छ, देश कसरी उँभो लगाउने भन्ने शक्ति बढ्यो, सिकेर आएँ,’ उनले भने ।

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रायमाझी गत कात्तिक अन्तिम साता थुनामुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

spot_img

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?