- नेपाल प्रेसखबर अर्घाखाँची:
पश्चिम नेपालकै सयौं गन्तव्य स्थलमा पर्न सफल ( सुपा देउराली मन्दिर ) व्यवस्थापन समितिले पूर्णता पाएको छ । लामो समयदेखि विवादमा तानिएको समिति गठन प्रक्रियाले नयाँ नेतृत्व पाएको हो । करिब १४ महिनादेखि मन्दिर व्यवस्थापन समिति विभिन्न बिषयमा असहमति जनाउँदै गठन प्रक्रिया रोकिएको थियो । साधारण सभाबाट समिति टुंगो लाग्न नसकेपछि पटक-पटक बसेको वडाभेला तथा बैठकहरू पनि बिना निष्कर्ष टुंगिदै आएका थिए । स.न.पा.- ७ खाँचीकोट बाट यही मिति २०८३ वैशाख १६ गते ( बराहा पुजाको दिन) वडा भेला मार्फत सहमतीको आधारमा समिति टुङ्गो लागे लगत्तै , शि.न.पा. / सितापुरले बैशाख २० गते आफ्नो तर्फबाट पनि नेतृत्व चयन गरेको हो । दुबै नगरपालिका स्वामित्व रहेको सुपादेउराली मन्दिर व्यवस्थापन समिति गठन भएपछि लामो समय देखि चल्दै आएको बिवाद टुङ्गिएको छ ।
पुरानो समिति विभिन्न आर्थीक पार्दशिता तथा ब्यवस्थापनको विवादमा तानिए पनि मन्दिर क्षेत्रको विकासको हकमा भने महत्त्वपूर्ण काम गरेको थियो । पछिल्लो समय बढ्दै गएको श्रद्धालु भक्तजनको भिड-भाड र असहजता लाइ व्यवस्थापन गर्न र सहज बनाउनको लागी मन्दिरको पूर्व / दक्षिण पट्टिको भागमा स्पेस थपी उल्लेखनीय कार्य / व्यवस्थापन गरेको छ । साथै सुपादेउराली क्षेत्र बिकासमा पनि महत्वपूर्ण कदमहरू उठाउँदै आएको थियो ।
पछिल्लो समय नेपालका विभिन्न जिल्ला भारतका विभिन्न राज्य र तेस्रो मुलुकबाट पनि यहाँ आउने श्रद्धालु भक्तजन घुम्न आउने पर्यटकको संख्या दिनानुदिन बढ्ने क्रममा रहेको छ । यो मन्दिरमा आई पूजाआजा तथा भाकल गर्नाले र बली दिनाले मनले चाहेका इच्छा मनोकामना पूरा हुने जनविश्वास पनि रहिआएको छ । लामो समयदेखि समिति गठन प्रक्रियामा पूर्णविराम लाग्दा जिल्लाभरि चियो र चर्चाको विषय पनि बनेको थियो । दलीय भागबण्डाको आधारमा सहमति भएपछि समिती गठन भएको स्रोतले बताएको छ ।
जसमध्ये समिति गठन यसप्रकार रहेको छ:
अध्यक्ष: गणेशबहादुर थापा
उपाध्यक्ष: निरज गुरुङ
सचिव: हरि खनाल
सह-सचिव: कमल थापा
कोषाध्यक्ष: थम्मन थापा ( दुमान )
लगाएत सदस्यहरुको नेतृत्व रहेको छ ।
अहिले बनेको नयाँ समितिको अगाडि थुप्रै चुनौतीहरू भएपनि ती चुनौतीलाई कसरी व्यवस्थापन गर्न सक्छ र सुपा देउराली मन्दिर क्षेत्रको विकास र व्यवस्था कसरी गर्छ, भन्ने विषय भने हेर्न बाँकी छ ! समितिको समिक्षा बैठक अब छिट्टै हुने जानकारी आएको छ । र आधिकारिक रुपमा समिति गठन भएको घोषणा हुनेछ ।

