
- प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणमा नेपाल र भारतबीच २४ बुँदे सहमति भएको छ।
- भेटवार्ताका क्रममा २ खर्ब ४० अर्ब आर्थिक सहयोग र तल्लो अरुण आयोजना अघि बढाउने सहमति भएको छ।
- रेल
काठमाडौं। प्रधानमन्त्री बालेन शाहको पहिलो राजकीय भारत भ्रमणका क्रममा नेपाल र भारतबीच २४ बुँदे सहमति भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तामा नेपालले २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग प्राप्त गर्ने, ६६९ मेगावाटको तल्लो अरुण आयोजना अघि बढाउने तथा नेपालमा आईआईटी क्याम्पस स्थापना गर्नेलगायत महत्त्वपूर्ण सहमति भएका छन्।
त्यस्तै, रेलमार्ग, हवाई सेवा, पेट्रोलियम पाइपलाइन, विद्युत् प्रसारण लाइन, कृषि, शिक्षा, स्वास्थ्य, प्रविधि र व्यापार विस्तारमा सहकार्य गर्ने निर्णय भएको छ।
नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित भएका यी सहमतिले नेपालको आर्थिक विकास, पूर्वाधार निर्माण र ऊर्जा क्षेत्रलाई नयाँ गति दिने अपेक्षा गरिएको छ। प्रधानमन्त्री बालेनको निमन्त्रणामा भारतीय प्रधानमन्त्री मोदीले नेपाल भ्रमण गर्ने निमन्त्रणा पनि स्वीकार गरेका छन्।


