गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भु~भागमा हल्का हिमपात र वर्षाको सम्भावना छ

नेपाल प्रेस खबर संवाददाता अमित खनाल काठमाडौ ;

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ।
पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर मौसम बदली भएको छ । हिजोदेखि पश्चिमी भेगका केही ठाउँमा फाट्टफुट्ट वर्षा र हिमपात भएको छ ।

आज यो प्रणाली पश्चिम क्षेत्रको उच्च हिमाली तथा पहाडी क्षेत्रमा फैलिँदै जाने र भोलि मध्य भेगसम्म फैलिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अघिल्लो हप्ताको मङ्गलवार र बुधवार मौसम बदली भई वर्षा र हिमपातले कोशी तथा मधेशबाहेकका क्षेत्रको जनजीवन प्रभावित भएर खुलेको मौसम एक हप्ता नबित्दै फेरि वर्षा गराउने प्रणाली सक्रिय भएको हो ।

जसका कारण हाल तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको र केही स्थानमा हल्का हिमपात र वर्षा भइरहेको छ। साथै कोशी र मधेश प्रदेशमा आंशिक बादल पनि लागेको छ।

महाशाखाका अनुसार, आज तराई भूभागका केही स्थानहरूमा हुस्सु, कुहिरो रहनेछ। देशका हिमाली भुभागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली भु~भागका १-२ स्थानमा हल्का हिमपात, वर्षाको सम्भावना रहेको छ।

आज राति तराई भेगका थोरै ठाउँमा हुस्सु रहने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ र बाँकी भू–भागमा आंशिक बादल लाग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?