
- हर्क साम्पाङले मुलुकका सबै समस्याको जड प्रधानमन्त्रीको कमजोर समन्वय रहेको बताएका छन्।
- सरकारको सुस्त कार्यशैली र कमजोरीले गर्दा देशमा बेथिति बढेको उनको आरोप छ।
- सुकुम्बासी समस्या समाधानमा केन्द्रले प्रभावकारी पहलकदमी लिनुपर्ने उनले माग गरेका छन्।
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अहिलेका सबै समस्या प्रधानमान्त्री बालेन्द्र शाहका कारण भएको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद साम्पाङले ग्यासको समस्यादेखि हरेक स्थानमा लाइन र असन्तुष्टि बढ्नुमा प्रधानमन्त्रीले समन्यव गर्न नसकेको बताएका हुन् ।
उनले सरकार कमजोर भएका कारण देशमा बेथिति बढेको भन्दै गलत गर्नेलाई कारवाही गर्न के ले रोकेको छ ? भन्दै सरकारलाई प्रश्न गरेका छन् ।
उनले सुकुम्बासीलाई लालपुर्जा दिन स्थानीय तहले रोकेको आरोप मन्त्रीले लगाएको भन्दै उनले केन्द्रको मन्त्रीले पहलकदमी लिनुपर्ने बताए । साम्पाङले टालटुले काम गरेर नहुने भन्दै सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना गरेका छन् । उनले प्रधानमन्त्री संसदमा आएर आफ्नो अभिव्य

