अर्घाखाँचीमा बँदेल, रातो मृग जस्ता वन्यजन्तुको सिकार गर्न लाइसेन्स खुला

समाचार सारांश
Auto Generated by AI
  • डिभिजन वन कार्यालय अर्घाखाँचीले बँदेल, मृग र चित्तल सिकारका लागि अनुमतिपत्र खुलाएको छ।
  • कृषिबाली र मानवीय क्षति कम गर्ने उद्देश्यले नेपाली नागरिकका लागि यो आवेदन आह्वान गरिएको हो।
  • इच्छुक व्यक्तिले तोकिएका कागजातसहित २०८३ भदौ १० गतेभित्र कार्यालयमा आवेदन दिनुपर्नेछ।

नेपाल प्रेस खबर प्रकाशित समाचार

डिभिजन वन कार्यालय अर्घाखाँचीले जिल्लामा बँदेल, रातो मृग र चित्तलको सिकार गर्न चाहने नेपाली नागरिकका लागि जिल्ला सिकार अनुज्ञापत्र (लाइसेन्स) लिन आवेदन आह्वान गरेको छ।

कार्यालयले वन्यजन्तुबाट हुने तथा भइरहेको कृषिबाली र मानवीय क्षतिलाई न्यूनीकरण गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० बमोजिम सिकार अनुज्ञापत्र प्रदान गर्न लागेको जनाएको छ।

नियमावलीअनुसार तोकिएको हातहतियार प्रयोग गरी बँदेल, रातो मृग र चित्तलको सिकार गर्न इच्छुक नेपाली नागरिकले २०८३ साल भदौ १० गतेभित्र डिभिजन वन कार्यालय, अर्घाखाँचीमा आवेदन पेश गर्नुपर्नेछ।

आवेदनका लागि नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, लाइसेन्स प्राप्त हतियारको प्रमाणपत्र तथा प्रचलित कानुनले तोकेका अन्य आवश्यक कागजात पेश गर्नुपर्ने कार्यालयले जनाएको छ।

डिभिजन वन कार्यालयले तोकिएको ढाँचामा आवश्यक कागजातसहित आवेदन पेश गर्न सार्वजनिक सूचना जारी गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?