नक्कली नेपाली रुपैयाँसहित तीन पक्राउ

दाङ । रौतहटमा नक्कली नेपाली नोटसहित तीन जना पक्राउ परेका छन् । मंगलबार अपरान्ह जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले ईशनाथ नगरपालिका–४ लतमरीस्थित नेपाल–भारत सीमानाकाबाट एक भारतीय नागरिकसहित तीन जनालाई नक्कली रूपैयाँका साथ नियन्त्रणमा लिएको होभारतबाट नेपालतर्फ आउँदै गरेको बिआर०५एटी ०९८३ नम्बरको मोटरसाइकललाई नियमित चेकजाँच गर्दा नोट बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारत बिहार राज्य पूर्वी चम्पारण, कुण्डवा चैनपुर ग्राम पञ्चायतका २३ वर्षीय जय प्रकाश कुमार, रौतहटको देवाही गोनाही नगरपालिका–४ का २१ वर्षीय गोनालाल राउत र २० वर्षीय अजय पटेल छन् ।

प्रहरीका अनुसार उनीहरूको साथबाट १ हजार रुपैयाँ दरका १ सय १८ थान नक्कली नेपाली नोट फेला परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?