बाढीमा परी १७५ जनाको मृ’त्यु भएको छ। अझै २८ देशका ४७६ जना सम्पर्कविहीन छन्।

समाचार सारांश
Auto Generated by AI
  • तिब्बतको हिमनदी फुटेर आएको बाढीले रसुवासहित विभिन्न जिल्लामा १७५ जनाको ज्यान लिएको छ।
  • ठूलो संख्यामा मानिसहरू बेपत्ता भएकाले सुरक्षाकर्मीद्वारा उद्धार र राहत कार्य तीव्र पारिएको छ।
  • बाढीले दर्जनौं पुल र सडक भत्काउनुका साथै ठूलो भौतिक संरचनामा क्षति पुर्‍याएको छ।

रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी जलाधारसम्म फैलिएको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। नेपालस्थित नेपाली दूतावास स्रोतका अनुसार चीनको तिब्बत क्षेत्रबाट आएको भीषण हिमपहिरो र त्यसपछि आएको बाढीमा परी १७५ जनाको मृ’त्यु भएको छ। अझै २८ देशका ४७६ जना सम्पर्कविहीन छन्।

सरकारले बुधबार सार्वजनिक गरेको पछिल्लो अवस्थाअनुसार प्रभावित क्षेत्रमा खोजी तथा उद्धारको काम चलिरहेकाले मृ’तक र बेपत्ता व्यक्तिको संख्या थपघट हुन सक्ने जनाएको छ। विपत्तिबाट प्रभावित नागरिकको उद्धार, सुरक्षित ठाउँमा स्थानान्तरण तथा राहत व्यवस्थापनलाई सरकारले अहिलेको मुख्य प्राथमिकता बनाएको छ।

एनडीआरआरएमएका अनुसार रसुवामा थप शव भेटिने क्रम नरोकिएकाले मृ’तकको संख्या बढिरहेको छ। फेला परेका शवको पहिचान गर्ने प्रक्रिया पनि जारी छ।

प्राधिकरणको प्रारम्भिक विवरणले नेपाल सेनाका ४४, नेपाल प्रहरीका २८ तथा सशस्त्र प्रहरी बलका १३ जना सुरक्षाकर्मीको अवस्था अझै अज्ञात रहेको देखाएको छ।

त्यस्तै, नेपाल पर्यटन बोर्डको प्रारम्भिक तथ्यांकमा ५७९ यात्रु सम्पर्कमा नआएको उल्लेख छ। यसमा ४६६ विदेशी र ११३ नेपाली छन्। टिमुरेबाट भने हेलिकोप्टरको सहयोगमा ९४ नेपाली र २९ विदेशी गरी १२३ जनालाई सुरक्षित निकालिएको छ।

बाढीको कारणबारे प्रारम्भिक निष्कर्षमा तिब्बतको रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्वमा रहेको ल्हेन्दे खोलामा हिमनदी वा बरफको चट्टान खसेपछि माटो र ढुंगा मिसिएको ठूलो बाढी आएको उल्लेख छ।

भोटेकोशीबाट रसुवागढी, टिमुरे र स्याफ्रुबेँसी हुँदै त्रिशूली नदीमा पुगेको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी किनारका क्षेत्रमा व्यापक क्षति गरेको छ।

हालसम्मको सरकारी विवरणअनुसार ३५ मोटरेबल पुल, ४५ झोलुङ्गे पुल र करिब ४० किलोमिटर कालोपत्रे सडक क्षतिग्रस्त भएको पुष्टि भएको छ। जलविद्युत् आयोजना, आवासीय संरचना र अन्य भौतिक संरचनामा भएको क्षतिको पूर्ण विवरण संकलनको क्रममा छ।

रातभर उद्धारमा सुरक्षा निकाय

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोलीले रातभर प्रभावित क्षेत्रमा उद्धार अभियान चलाएका छन्।

टिमुरे र स्याफ्रुबेँसीमा फसेका नागरिकलाई सुरक्षित निकाल्न सरकारी तथा निजी क्षेत्रका हेलिकोप्टर प्रयोग गरिएको छ।

घाइतेको उपचारलाई समेत प्राथमिकतामा राखिएको छ। जिल्ला अस्पतालदेखि काठमाडौंका प्रमुख अस्पतालसम्म चिकित्सकीय टोली परिचालन गरिएको छ। त्यस्तै, नेपाल सेनाका ब्यारेक र अन्य सुरक्षित स्थानमा अस्थायी आश्रय, खाद्यान्न, स्वच्छ खानेपानी, औषधि तथा उपचारको प्रबन्ध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?