पाल्पाको तिनाउ खोलामा डुबेर भारतीय नागरिकको मृत्यु

तिनाउ खोलामा डुबेर भारतीय नागरिकको मृत्यु भएको छ । आइतबार दिउँसो नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई भारतीयमध्ये एक जनाको शव फेला परेको हो । अर्का एक जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार आइतबार दिउँसो करिब २ बजेतिर तिनाउ गाउँपालिका–३ स्थित खोलामा नुहाउने क्रममा भारतबाट घुम्न आएका ७ जनामध्ये २ जना बगेर बेपत्ता भएका थिए।

डुबेको स्थानबाट करिब १०० मिटर तल एक जनाको शव सोमबार बिहान साढे १० बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी होमबहादुर चौधरीले जानकारी दिए ।

प्रहरीका अनुसार बेपत्ता हुनेहरू भारतको उत्तर प्रदेश अन्तर्गत सन्तकबीर नगर क्षेत्रका युवक हुन् । अर्का बेपत्ता युवकको खोजी कार्य  जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रकाश आचार्य
लेखकको बारेमा

प्रकाश आचार्य

आचार्य नेपाल प्रेस खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?