आज मिति २०८३ साल कार्तिक महिनाको १८ गते बुधबारको दिन माता सुपा देउरालीको दर्शन गरी हेर्नुस् आजको राशिफल

समाचार सारांश
Auto Generated by AI
  • मेष, मिथुन, कर्कट, तुला, वृश्चिक, धनु, कुम्भ र मीन राशिका लागि आजको दिन सामान्यतः शुभ र सुखद रहनेछ।
  • वृष, सिंह, कन्या र मकर राशिका व्यक्तिहरूले स्वास्थ्य, खर्च र कार्यक्षेत्रमा सावधानी अपनाउनुपर्ने देखिन्छ।
  • समग्रमा अधिकांश राशिका लागि काममा सफलता र आर्थिक लाभको योग रहे पनि खानपानमा ध्यान दिनु आवश्यक छ।

मेष
(चू, चे, चो, ला, ली, लू, ले, लो, अ)

मेषराशि हुने व्यक्तिहरूका  लागि आजको दिन सन्तोषजनक रहने छ । थालेको काम सिद्ध हुने सम्भावना छ । सन्तानबाट खुसि मिल्नेछ । सम्मान पाइने छ । प्रतिष्ठा वृद्धि   हुने देखिन्छ  । 

वृष
(ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

वृषराशि हुने व्यक्तिहरूका लागि आजको दिन सन्तोष जनक रहने छैन । अनावश्यक चिन्ता थपिने सम्भावना छ । बिरोधीहरू थपिन सक्छन् । स्वास्थ्य र खानपिनमा ध्यान दिनुहोस् । 

मिथुन
(का, की, कू, घ, ङ, छ, के, को, ह)

मिथुनराशि हुनेव्यक्तिहरूको आजको दिन सन्तोषजनक नै रहने छ । सुखसमाचार सुन्न पाइने छ ।  मित्रहरूको साथ रहने छ । इच्छाइएको वस्तु प्राप्त हुने सम्भावना छ । 

कर्कट 
(ही,हू, हे, हो, डा, डी, डू, डे, डो)

कर्कटराशि हुनेव्यक्तिहरूका लागि आजको दिन सुखमय हुनेछ ।  चन्द्रमा  द्वितीय घरमा रहेकोले मीठा मीठा भोजनको अवसर मिल्नेछ । आम्दानी बढ्नेछ । वारिवारिक सम्बन्धमा मीठास आउने छ । वाणिलाई भने संयमित राख्नुपर्ने छ । 

सिंह
(मा,मी, मू, मे, मो, टा, टी, टू, टे)

सिंहराशि हुने व्यक्तिरूको मनमा चञ्चलता अधिक हुने सम्भावना देखिन्छ । शरीरमा भने आलस्य पैदा हुनेछ । फजुल खर्च बढ्नसक्छ ।  दीर्घकालीन रूपमा गरिने कार्यको थालनी आज नगर्दा राम्रो हुन्छ । 

कन्या
(टो,पा, पी, पू, ष, ण, ठ, पे, पो)

कन्याराशि हुने व्यक्तिहरूका लागि आजको दिन त्यति उपयुक्त देखिदैन । खर्च बढ्नेछ । अधिक थकानको महसुस हुनसक्छ । निद्रा अपुग हुनसक्छ । स्वास्थ्यमा विचार गर्नुहोला । यात्रामा सावधानी अपनाउनु होला । 

तुला
(रा,री, रू, रे, रो, ता, ती, तू, ते)

तुलाराशि हुने व्यक्तिहरूका लागि आजको दिन शुभ रहनेछ ।  पेसा र व्यवसायमा सफलता मिल्नेछ । कार्यमा प्रगति हुनेछ । माथिल्लो क्षेत्रबाट महत्वपूर्ण सहयोग मिल्ने सम्भावना देखिन्छ । इच्छा पूर्ति हुनेछ । 

वृश्चिक
(तो,ना, नी, नू, ने, नो, या, यी, यू)

वृश्चिकराशि हुने व्यक्तिहरूका लागि आजको दिन शुभ रहेको छ । काममा बाधा व्यवधान हुनेछैन ।  आर्थिक पक्ष बलियो हुने देखिन्छ । माथिल्लो तहबाट यथेष्ट सहयोग मिल्नेछ । 

धनु
(यो,ये, यो, भा, भी, भू, धा, फा, ढा,भे)

धनुराशि हुने व्यक्तिहरूका लागि आजको दिन त्यति सुखद रहने योग बनेको छ । धार्मिक कार्यमा  मन जानेछ । गुरुहरूको साथ र सहयोगमा वृद्धि हुनेछ । भाग्यले साथ दिनेछ ।  दीर्घकालीन योजना बनाउँदा राम्रो हुन्छ ।

मकर
(भो, जा, जी, खी, खू, खे, खो, गा,गी)

मकरराशि हुने व्यक्तिरूले आज काममा बाधा, व्यवधान खेप्नुपर्ने हुनसक्छ । फजुल खर्च बढ्नसक्छ । अनावश्यक दौडधूप नगर्नुहोला । नयाँ कामको थालनी नगर्नु होला ।  

कुम्भ
(गू, गे, गो, सा, सी, सू, से, सो,दा)

कुम्भराशि हुने व्यक्तिहरूका लागि आजको दिन शुभ छ । प्रतिस्पर्धामा विजय हासिल हुने  सम्भावना देखिन्छ । शत्रुहरू परास्त हुनेछन् । आर्थिक पक्षमा सुधार हुने देखिन्छ । साझेदारीको कामबाट सन्तोष प्राप्त हुनसक्छ ।  खानपानमा भने विशेष ख्याल गर्नुहोला ।

मीन
(दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

मीनराशि हुने व्यक्तिहरूका लागि आजको दिन नराम्रो देखिदैन ।  काममा भएको अवरोध हटेर जानेछ । आर्थिक व्यवहार मिलाउन सकिन्छ । मनमा शान्ति मिल्नेछ ।  भोजनमा भने विशेष ख्याल गर्नुहोला ।

तपाईँको दिन शुभ रहोस् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

spot_img

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?