आजको मौसमः देशका बिभिन्न भागमा मध्यमसम्मकाे बर्षा हुने

समाचार सारांश
Auto Generated by AI
  • हाल देशभर मनसुनी वायुको प्रभावका कारण अधिकांश भू-भागमा बदली र हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
  • दिउँसो र राति देशका धेरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ भने केही क्षेत्रमा भारी वर्षा हुनेछ।
  • मनसुन सक्रिय हुने र विपद्को जोखिम बढ्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

काठमाडौं, २७ असार । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ र आगामी दिनमा यो बिस्तारै नेपाल नजिकिँदै जाने सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर अधिकांश बादल लागेको छ । बागमती, गण्डकी, लुम्बिनी प्रदेशको केही स्थानमा कर्णाली र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।

दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशका पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशका तराई भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भू-भाग साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राति भने देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागको धेरै स्थानमा बाँकी देशका पहाडी र तराई भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागको थोरै  स्थानमा र कोशी, प्रदेशको पहाडी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ र आगामी दिनमा यो बिस्तारै नेपाल नजिकिँदै जाने सम्भावना रहेको छ। यस कारण मनसुन सक्रिय भई देशभर भारीदेखि धेरै भारी वर्षा हुन सक्ने तथा विपद्का घटनाहरू बढ्न सक्ने जोखिम रहेकोले कृपया आवश्यक सावधानी अपनाउन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?