नेपाली काङ्ग्रेस अर्घाखाँचीका जिल्ला सदस्य तथा युवा नेता सफल ब्यबसायि श्यामबहादुर कुवरले अर्घाखाँचीबाट गुमेको पार्टीको विरासत पुनः फर्काउने दृढ प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
पार्टीको घरदैलो अभियानका क्रममा जनताको घर–घरमा पुगेका नेता कुवरले नेपाली कांग्रेसको इतिहासमै दुर्लभ रूपमा पार्टी एकढिक्का भएर चुनावी मैदानमा उत्रिएकाले यसपटक कांग्रेसको जित सुनिश्चित रहेको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, “नेपाली कांग्रेस सधैं लोकतन्त्र, विकास र समृद्धिको पक्षमा उभिएको पार्टी हो। अहिले हामी एकताबद्ध भएर जनताको विश्वास जित्न अभियानमा जुटेका छौं, त्यसैले विजय हाम्रो पक्षमा निश्चित छ।”
उहाँका अनुसार नेपाली कांग्रेसको नेतृत्वमा जिल्लामा धेरै साना–ठूला विकास निर्माणका कामहरू द्रुत गतिमा अघि बढेका छन्। विगतका कमजोरीहरूबाट पाठ सिक्दै कांग्रेस सुधारिएको, जनतासामु नयाँ सोच र देश सुधार्ने संकल्पसहित आएको उहाँले बताउनुभयो। “हामीले विगतमा गुमाएको राजनीतिक विरासत अब जनताको साथ र समर्थनबाट पुनः स्थापित गर्नेछौं,” कुवरले जोड दिनुभयो।
नेता कुवरले कार्यकर्ताहरूलाई पार्टीको पक्षमा जनमत सिर्जना गर्न, टोल–बस्तीमा पुगेर ‘मुस्कानलाई जिताउने’ अभियानलाई सशक्त बनाउन आग्रह गर्नुभयो। उहाँले कांग्रेस विजयी भएमा जिल्लामा अधुरा रहेका सबै विकास योजनाहरू पूरा गर्ने जिम्मेवारी पार्टीले लिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
“अर्घाखाँचीमा विकासको नयाँ मुहार हेर्न, स्थायित्व र समृद्धिको बाटो समात्न नेपाली कांग्रेसलाई जिताउन जरुरी छ,” उहाँले भन्नुभयो, “जनताको भरोसा र समर्थन नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो।”
घरदैलो अभियानलाई तीव्र बनाउँदै नेपाली कांग्रेस अर्घाखाँची अहिले जनताको उत्साहजनक साथ र समर्थन प्राप्त गरिरहेको जनाएको छ।
नेपाली काङ्ग्रेस अर्घाखाँचीका जिल्ला सदस्य श्यामबहादुर कुवरको उद्घोष : गुमेको विरासत फर्काएर समृद्ध अर्घाखाँची बनाउँछौँ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित

आचार्य नेपाल प्रेस खबरका संवाददाता हुन् ।
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)

