झापा पुगेर बालेनले भने- काठमाडौंका सुकुमबासीलाई बाढीबाट जोगाउन डोजर चलाएको हुँ, यहाँ त्यस्तो हुँदैन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ले काठमाडौंका सुकुमबासीलाई बाढीको जोखिमबाट जोगाउन डोजर प्रयोग गरेको बताएका छन् ।

चुनावी प्रचारका लागि झापा–५ पुगेका बालेनले आज बिहान कमल गाउँपालिका सुकुमवासीसँग संवाद गर्दै यस्तो बताएका हुन् ।

बालेन आफ्नो बस्ती पुग्दा स्थानीय सुकुमवासीले काठमाडौंको सुकुमवासी बस्तीमा डोजर चलाएको प्रसंग उठाएका थिए । जसको जवाफमा बालेनले स्थानीय सुकुम्बासीहरुसँग कुराकानी गर्दै काठमाडौंमा खोला आसपास बस्ने सुकुम्बासीलाई बाुढीबाट जोगाउन व्यवस्थापन गर्न खोजेको बताएका छन् ।

बालेनले भने- ‘काठमाडौंमा खोला छेउको सार्वजनिक जग्गा हो । उहाँहरू जहाँ बस्नुभएको छ, बाढी आउँदा त्यहाँ डुबान हुन्छ। त्यहाँभन्दा माथिसम्म नै पुग्छ । असारमा बाढी आउँदा उहाँहरूलाई त्यहाँबाट उठाएर अन्यत्र लैजानुपर्छ नि त। त्यसैले उहाँहरूलाई त्यहाँबाट सुरक्षित ठाउँमा राख्नुपर्‍यो भनेर गरेको हो । तर, त्यसको गलत न्यारेटिभ गरेर डोजर जस्तो देखिएको हो । खास त उहाँहरूको ज्यान जोगाउन खोला छेउबाट हटाउन खोजेको हो ।’’

बालेनले भने काठमाडौंको भन्दा यहाँको सन्दर्भ फरक रहेको बताउँदै डोजर नलाग्ने आश्वासन दिए ।

साथै झापाका सुकुम्बासीहरुलाई पनि हटाउने योजना नभएको, लामो समय देखिको सुकुम्बासीको समस्या समाधान गर्न लाग्ने पनि बताएका छन् ।

चुनावी प्रचारप्रसारका लागि सोमबार बालेनसहितको टोली फेरि झापा पुगेको छ।

६ माघमा झापा–५ मा मनोनय दर्ता गराएपछि केही दिन दमकमा बसेर उनले मतदातासँग भेट गरेका थिए ।

त्यसपछि पूर्वी पहाडी जिल्लाहरु घुमेका बालेन काठमाडौं फर्किएर सुदूरपश्चिमका जिल्लाहरुमा समेत गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?