अर्घाखाँचीमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको ज्ञापनपत्र,

केन्द्रीय सदस्य खड्काको बिना शर्त रिहाइको माग

माघ २३ गुरुदेव खनाल अर्घाखाँची।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति अर्घाखाँचीले जिल्ला प्रशासन कार्यालय अर्घाखाँची मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएको छ।

पार्टीका केन्द्रीय सदस्य पूर्ण बहादुर खड्कालाई सरकारले गिरफ्तार गरी थुनामा राखेको भन्दै उहाँको बिना शर्त तथा तत्काल रिहाइको मागसहित ज्ञापनपत्र पेश गरिएको हो।

ज्ञापनपत्र बुझाउने क्रममा जिल्लाका समसामयिक महत्वपूर्ण विषयहरू, वर्तमान राजनीतिक अवस्था तथा निर्वाचन बहिष्कार सम्बन्धी कार्यक्रम बारे अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारीसँग छलफल गरिएको पार्टीले जनाएको छ।

प्रतिनिधिमण्डलले राजनीतिक आस्थाका आधारमा गरिएको गिरफ्तारी लोकतान्त्रिक अधिकारको हनन भएको दाबी गर्दै सरकारले दमनात्मक नीति त्याग्नुपर्ने माग अघि सारेको छ।

ज्ञापनपत्र बुझाउने प्रतिनिधिमण्डलमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य कृष्ण केसी, जिल्ला इन्चार्ज नरेन्द्र बहादुर थापा, केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी राजेन्द्र नेपाली, क्रान्तिकारी ट्रेड युनियन महासङ्घका जिल्ला अध्यक्ष हिम्मत विक लगायतको सहभागिता रहेको थियो।

पार्टीले माग पूरा नभए चरणबद्ध संघर्षका कार्यक्रम अघि बढाउने चेतावनी समेत दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?