
- नवलपरासी पूर्वमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
- दुर्घटनामा १० जना घाइते भएका छन् भने दुई जना सकुशल रहेका छन्।
- घाइतेहरूको मध्यविन्दु प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
काठमाडौ – नवलपरासी पूर्वमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घा’इते भएका छन् ।
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस शुक्रबार राति विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा दु’र्घटनामा परेको हो । चालकले नि’यन्त्रण गुमाउँदा बस सडकबाट नालामा ख!सेको प्रहरीले जनाएको छ ।
बसमा चालकसहित १८ जना सवार थिए । दु*र्घटनामा ६ जनाको मृ*त्यु भएको, १० जना घा*इते भएको र दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ ।मृ”त्यु हुनेमध्ये जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ ।
अन्य पाँच जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
घा”इते हुनेमा गोरखा नगरपालिका–९ का ३० वर्षीय हरिशरण थापा, अछामको मंगलसेन नगरपालिका–६ का २८ वर्षीय तेजेन्द्रप्रसाद भण्डारी, बर्दियाको ठाकुरबाबा नगरपालिका–१ की २० वर्षीया आकृती, बाजुराको स्वामीकार्तिक गाउँपालिका–५ का ३२ वर्षीय पवन बुढा, बर्दियाको राजापुर नगरपालिका–९ का २८ वर्षीय सञ्जय थारु, बाजुराको बाजुराको स्वामीकार्तिक गाउँपालिका–१ का २५ वर्षीय प्रेम बम, ललितपुरको कुञ्जय सोमपाक गाउँपालिका–५ का २९ वर्षीय अनोज खत्री, बर्दियाको बाँसगढी नगरपालिका–७ का ३६ वर्षीय लालबहादुर कार्की, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ का ४८ वर्षीय अस्लाम भगवान र सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ का २१ वर्षीय अनिल बुढाथोकी रहेका छन् ।
दु”र्घटनाको खबर पाएपछि प्रहरी निरीक्षक थमन सिंह रानाको कमाण्डमा खटिएको प्रहरी टोलीले घा”इतेहरूको उद्धार गरेको थियो ।
घा’इतेहरूको मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


