
- बझाङमा अटो रिक्सा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
- ब्रेक फेल भएर अटो सडकबाट करिब १०० मिटर तल खसेको छ।
- दुर्घटनामा एक बालक बेपत्ता भएका छन् भने विवरण आउन बाँकी छ।
बझाङ । बझाङमा अटो रिक्सा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन्।
प्राप्त विवरणअनुसार दुर्मेडा गाउँबाट बुंगल नगरपालिका–११ स्थित हिनगाडा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको अटो रिक्सा दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार अटोको ब्रेक फेल भएपछि सडकबाट करिब १०० मिटर तल भीरमा खसेको थियो। दुर्घटनामा परी तीन जनाको मृत्यु भएको र एक बालक बेपत्ता रहेको जनाइएको छ।
दुर्घटनाको विस्तृत विवरण, मृतक तथा बेपत्ता बालकको पहिचान र घटनाबारे थप जानकारी आउन बाँकी रहेको छ।


