उपचार खर्च तिर्न नसक्दा २३ वर्षीया सोविता मिजारको श व तीन दिनदेखि अस्प’तालमै छ।

समाचार सारांश
Auto Generated by AI
  • भदौ ३१ गते विष सेवन गरेकी सोविताको उपचारका क्रममा सोमबार चितवन मेडिकल कलेजमा मृत्यु भयो।
  • अस्पतालले सुरुमा कम खर्च लाग्ने बताए पनि पछि पाँच लाखभन्दा बढी रकम तिर्न बाँकी भएपछि परिवार समस्यामा परेको छ।
  • बाँकी रकम तिर्न नसक्दा र शव राख्ने ठाउँ नभएर शव सरकारी अस्पतालमा राखिएको छ भने परिवारले सहयोगको अपेक्षा गरेका छन्।

सोविताले भदौ ३१ गते वि ष से वन गरेकी थिइन्। त्यसपछि उनलाई तत्काल चितवनको सरकारी अस्पताल लगिएको थियो। त्यहाँ आई’सीयूको सुविधा नभएपछि सोही राति चितवन मेडिकल कलेजमा भर्ना गरेर उप’चार सुरु गरियो। अस्पतालले सुरुमा उप’चारका लागि डेढदेखि दुई लाख रुपैयाँसम्म खर्च लाग्ने बताएको परिवारको भनाइ छ। त्यही विश्वासमा परिवारले ऋण खोजेर उपचार अघि बढायो।

असोज ४ गते सोविताको श’ल्यक्रियासमेत गरियो। तर उप’चारकै क्रममा सोमबार उनको मृ त्यु भयो। अहिले अस्प’ताल र फार्मे’सीको गरी पाँच लाख ७३ हजार ४८० रुपैयाँ तिर्न बाँकी छ। परिवारले भने ऋण खोजेर अहिलेसम्म करिब तीन लाख रुपैयाँ बुझाइसकेको जनाएको छ।

सुरुमा भनिएकोभन्दा उपचार खर्च धेरै बढेपछि परिवार थप समस्यामा परेको छ। छोरीलाई ब’चाउन आफन्तसँग ऋ’ण मागेर उपचार गराएको परिवारसँग अहिले बाँकी रकम तिर्ने उपाय छैन।

सोविताको मृ त्यु भएपछि चितवन मेडिकल कलेजमा श व राख्ने ठाउँको अभाव हुँदा उनको श व सरकारी अस्प तालमा लगेर राखिएको परिवारले जनाएको छ। तर त्यहाँबाट श व घर लैजान पनि अस्पतालको बाँकी रकम तिर्नुपर्ने भएपछि परिवार असहाय बनेको छ।

लमजुङकै एक युवकसँगको सम्बन्धमा आएको समस्याका कारण उनले वि’ष से’वन गरेको परिवारको दाबी छ। परिवारका अनुसार सोविताको नि’धन हुनुअघिसम्म ती युवक अस्पताल आउनेजाने गरेका थिए। तर सोविताको मृ’त्यु भएपछि सहयोग गर्ने बताए पनि अहिलेसम्म रकम नआएको परिवारले जनाएको छ।

ती युवकबाट सहयोग पाए बाँकी रकम तिरेर सोविताको श व घर लैजाने परिवारको आशा छ।

सोविता करिब साढे तीन वर्षदेखि चितवनमा बसेर एउटा रेस्टुरेन्टमा काम गर्दै आएकी थिइन्। उनी परिवारकी जेठी छोरी थिइन्। जुन छोरीले काम गरेर परिवारलाई सघाउँदै आएकी थिइन्, आज उनै छोरीको अ’न्तिम सं’स्कार गर्न परिवारले सहयोग माग्नुपर्ने अवस्था आएको छ।

अब थप रकम जुटाउन परिवार र आफन्त लागिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

spot_img

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?