खेलमैदानमा बुद्ध ज्योति मा.बि गढवाको सर्वाेच्च प्रदर्शन, चार खेलमा प्रथम स्थान

दुर्गाप्रसाद खनाल
दाङ–देउखुरी।

शुक्रबारदेखि आइतबारसम्म जनता माध्यमिक विद्यालय, गढवाको खेलमैदानमा सम्पन्न संस्थागत विद्यालय गढवाले संयुक्त रूपमा आयोजना गरेको वार्षिक खेलकुद प्रतियोगितामा बुद्ध ज्योति माध्यमिक विद्यालय, गढवाका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै चार विधामा प्रथम तथा एक विधामा तृतीय स्थान हात पारेका छन्। पाँच प्रतिस्पर्धामध्ये चार उपाधि जित्दै विद्यालयले क्षेत्रीयस्तरमा आफ्नो खेलकुद क्षमतालाई अझ सबल रूपमा प्रमाणित गरेको हो।

प्रतियोगितामा विद्यार्थीहरूले हासिल गरेका उपलब्धिहरू यसप्रकार छन्–

Secondary Level Boys Volleyball – प्रथम स्थान

Secondary Level Girls Volleyball – प्रथम स्थान

Basic Level Football – प्रथम स्थान

Primary Level Spoon Race – प्रथम स्थान

Maths Race – तृतीय स्थान

विद्यालयका खेल शिक्षक शिवकुमार चौधरीका अनुसार विद्यार्थीहरूको निरन्तर अभ्यास, अनुशासन र आत्मविश्वासले यस वर्ष विद्यालयलाई शीर्ष स्थानमा पुर्‍याउन निर्णायक भूमिका खेलेको छ। खेलकुद गतिविधिले विद्यार्थीको शैक्षिक, मानसिक र शारीरिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने उनको भनाइ छ।

साथै शिक्षक–शिक्षिका, प्रशिक्षक तथा अभिभावकहरूले विद्यार्थीहरूको मेहनत, लगनशीलता र उत्कृष्ट प्रदर्शनप्रति प्रशंसा व्यक्त गर्दै भविष्यमा अझ ठूला सफलताका लागि शुभकामना दिएका छन्।

प्रधानाध्यापक थानेश्वर न्यौपानेले विजयी टिमका सम्पूर्ण विद्यार्थी, प्रशिक्षक तथा अभिभावकहरूलाई बधाई ज्ञापन गर्दै, “यस वर्षको उल्लेखनीय प्रदर्शनले विद्यालयको खेल प्रतिष्ठालाई थप उँचाइमा लगेको” बताउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?