
- लुम्बिनी, कोशी र गण्डकी प्रदेशमा भारी वर्षा भएको छ।
- हाल देशका पाँचवटा प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
- मनसुनी र पश्चिमी वायुको प्रभावले मौसम थप सक्रिय बनेको छ।
काठमाडौं । पछिल्लो १२ घण्टामा लुम्बिनी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा भएको छ। कोशी र गण्डकी प्रदेशमा पनि भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम–मध्य तथा आसपासको उत्तर–पश्चिमी बङ्गालको खाडीमा गहिरो न्यून चापीय क्षेत्र
उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएकाले देशभरको मौसममा प्रभाव परेको महाशाखाले जनाएको छ।


