विवादमा ‘पाँच पाण्डव’ चलचित्र : प्रदर्शन रोक्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘पाँच पाण्डव’ विवादमा परेपछि यसको प्रदर्शन रोक्न गृह मन्त्रालयले निर्देशन दिएको छ। चलचित्रमा महाभारतका पात्र पाँच पाण्डव र द्रौपदीलाई प्रस्तुत गरिएको शैलीप्रति धार्मिक संघसंस्थाले आपत्ति जनाएपछि विवाद चर्किएको हो।

निर्माण पक्षका अनुसार बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले चलचित्रको प्रदर्शन रोक्न गृह मन्त्रालयमा पत्राचार गरेका थिए। सोही पत्रका आधारमा गृह मन्त्रालयले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई प्रदर्शन रोक्न निर्देशन दिएको बताइएको छ।

हिन्दु धर्मसँग सम्बन्धित विभिन्न संघसंस्थाले चलचित्रमा पाँच पाण्डव र द्रौपदीको चरित्रलाई गलत ढंगले प्रस्तुत गरिएको आरोप लगाउँदै प्रदर्शन रोक्न माग गरेका थिए। चलचित्रले महाभारतको गलत व्याख्या गरेको तथा द्रौपदीलाई आइटम गीतमा प्रस्तुत गरिएको भन्दै सामाजिक सञ्जालमा समेत आलोचना भइरहेको छ।

तर, चलचित्रले प्रदर्शनका लागि आवश्यक सेन्सर प्रक्रिया पूरा गरिसकेको र चलचित्र जाँच समितिबाट युनिभर्सल (यू) सर्टिफिकेटसमेत प्राप्त गरिसकेको छ। यस्तो अवस्थामा प्रदर्शन रोक्ने निर्देशन आएपछि निर्माण पक्षले असन्तुष्टि जनाएको छ।

निर्देशक वसन्त निरौलाका अनुसार सञ्चार मन्त्रालयबाट चलचित्रको प्रदर्शन रोक्ने विषयमा मौखिक जानकारी आएको थियो। निर्माण पक्षले तोकिएकै मितिमा चलचित्र प्रदर्शन गर्ने वातावरण बनाउन सरकारसँग छलफल गर्ने तयारी गरेको जनाएको छ।

चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौलालगायत कलाकारको अभिनय रहेको छ। चलचित्रको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन् भने निर्देशन वसन्त निरौलाले गरेका छन्।

धार्मिक आस्था र सांस्कृतिक संवेदनशीलताको सम्मान गर्नु आवश्यक भए पनि चलचित्र प्रदर्शनसम्बन्धी निर्णय कानुनी प्रक्रिया र अभिव्यक्ति स्वतन्त्रताको मर्मअनुसार हुनुपर्ने विषयले यस घटनासँगै नयाँ बस सिर्जना गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

spot_img

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?