नेपाल–वेस्ट इन्डिज टी–२० सिरिजको खेल तालिका परिवर्तन

नेपाल र वेस्ट इन्डिजबीच हुने ऐतिहासिक तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको खेल तालिका परिवर्तन गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार विज्ञप्ति जारी गर्दै एसिया कपको फाइनलसँग तालमेल मिलाउन खेल तालिकामा सामान्य परिमार्जन गरिएको जानकारी दिएको हो ।

नयाँ तालिका अनुसार नेपाल र वेस्ट इन्डिजबीचको पहिलो खेल सेप्टेम्बर २७ मा हुनेछ । दोस्रो खेल २९ सेप्टेम्बरमा र तेस्रो तथा अन्तिम खेल ३० सेप्टेम्बरमा खेलिने क्यानले जनाएको छ।

तीनै खेल संयुक्त अरब इमिरेट्स (युएई) को शारजाह क्रिकेट स्टेडियममा हुनेछन्।यसअघि सिरिज २७, २८ र ३० सेप्टेम्बरमा खेलाउने तालिका तय गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?