विपिन जोशीको निधनप्रति राष्ट्रपतिद्वारा दु:ख व्‍यक्त।

प्यालेष्टेनी समूह हमासको कब्जामा रहेका जोशीको रिहाइको लागि आफूले समेत पटक पटक अथक प्रयास गरेको स्मरण गर्दै अकस्मात जोशीको निधन भएको भन्ने खबरले आफू स्तब्ध भएको बताएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ।

हमासले विपिन जोशीको मृत्युलाई पुष्टि गर्दै चारजना बन्धकको शव आजै इजरायललाई बुझाउने निर्णय गरेको छ।

विपिन जोशीलाई सन् २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रबाट अपहरण गरेको थियो र त्यसपछि उनको अवस्था अज्ञात थियो।

२८ असोज, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले कृषि अन्तर्गत ‘लर्न एण्ड अर्न कार्यक्रम’मा सहभागी हुन इजरायल गएका नेपाली विद्यार्थी विपिन जोशीको निधनप्रतिदु:ख व्‍यक्त गरेका छन् ।प्यालेष्टेनी समूह हमासको कब्जामा रहेका जोशीको रिहाइको लागि आफूले समेत पटक पटक अथक प्रयास गरेको स्मरण गर्दै अकस्मात जोशीको निधन भएको भन्ने खबरले आफू स्तब्ध भएको बताएका हुन्।

उनले जोशीप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै दुःखको यस घडीमा शोकाकुल परिवारजन र सबै शुभेच्छुकप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।

हमासले नेपालका विपिन जोशीको मृत्‍यु भएको पुष्टि गरेको थियो। जोशीसहित चारजना बन्धकहरूको शव आजै इजरायललाई बुझाउने भएको हो। हमासको सैन्य शाखाले अहिले चारजना बन्धकहरूको नाम सार्वजनिक गरेको थियो।

विपिनलाई सन् २०२३ अक्टोबर ७ मा इजरायलको किब्बुत्ज अलुमिमस्थित बम शेल्टरबाट हमासले अपहरण गरेको थियो । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा केहीदिन अपहरणपछि हमासले कैद गरेको भिडियो इजरायली सेनाले सार्वजनिक गरेको थियो।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए ।सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए भने हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?