शेरबहादुर देउवा चुनाव नलड्ने

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने भएका छन्। देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार यसपटक देउवा स्वयंले चुनाव नलड्ने निर्णय गरेका हुन्।

२०४८ सालदेखि लगातार डडेल्धुराबाट निर्वाचित हुँदै आएका देउवाले लड्न चाहेको भए पनि पार्टीभित्र विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा बनेको नयाँ कार्यसमितिले उनलाई सक्रिय राजनीतिबाट अलग रहँदै अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेको बुझिएको छ।

अर्कोतर्फ, गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा सर्वोच्च अदालत पुगेकाले पनि उनलाई नैतिक रूपमा गगन थापाको हस्ताक्षरबाट जारी हुने टिकट लिएर चुनावमा जान कठिन भएको बताइएको छ।

देउवाको यो निर्णयसँगै कांग्रेसभित्रको नेतृत्व हस्तान्तरण र भावी राजनीतिक दिशाबारे नयाँ बहस सुरु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?