नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदमा नागेन्द्र साह नियुक्त भएका छन्

समाचार सारांश
Auto Generated by AI
  • नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्।
  • मन्त्रिपरिषद्को बैठकले उनलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
  • खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट उनी नियुक्त भएका हुन्।

काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदमा नागेन्द्र साह नियुक्त भएका छन् ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नागेन्द्र साह नेपाल आयल निगमका पूर्वनिमित्त कार्यकारी निर्देशक समेत हुन् । यसभन्दा पहिले निगमको कार्यकारी निर्देशक चण्डिका भट्ट थिए । सरकारले पहिलेको सबै नियुत्ती बदर गरेपनि उनी स्वातः हटेका थिए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आह्वान गरेको खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत साह कार्यकारी निर्देशक नियुक्ति भएका हुन् ।

उनीसँग प्रतिस्पर्धामा प्युठानका कौशल केसी र सप्तरीका सञ्जीवकुमार देव पनि उम्मेदवार थिए । उनीहरुलाई पछि पारेर साह कार्यकारी निर्देशक नियुक्ति भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?