
इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अक्षर हटाउन सर्वोच्चको अन्तरिम आदेश
गुरुदेव खनाल नेपाल प्रेस
सर्वोच्च अदालतले सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा मात्र प्रयोग गर्ने सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले यो आदेश दिएको हो।
अधिवक्ता रामबहादुर राउत मातृदासले दायर गरेको रिटमा देवनागरी लिपीलाई विस्थापित गरी अंग्रेजी मात्र राख्ने निर्णय संविधानविपरीत भएको दाबी गरिएको थियो।
आदेशपछि रिट निवेदक राउतले यो नेपाली भाषाको संरक्षणका लागि ऐतिहासिक जित भएको प्रतिक्रिया दिएका छन्।
यसअघि २०७९ मा सरकारले अंग्रेजीसँगै नेपाली पनि प्रयोग गर्न सकिने संशोधन गरेको थियो, तर पछिल्लो निर्णयले देवनागरी हटाउने प्रयास गरेको विवाद उत्पन्न भएको थियो।
अदालतको यो आदेशले नेपाली भाषाको प्रयोग सुरक्षित रहेको छ।


