स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

नेपाल प्रेस खबर संवाददाता अमित खनाल काठमाडौ ;आज सुनको भाउमा कीर्तिमान कायम भएको छ ।आइतबार भएको कारोबारको तुलनामा सोमबार सुन प्रतितोला २ हजार ४ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार प्रतितोला २ लाख ३८ हजार रूपैयाँमा कारोबार भएको सुन सोमबार २ लाख ४० हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

महासंघका अनुसार सोमबार चाँदीको मूल्य पनि प्रतितोला ९५ रूपैयाँले बढेको छ।
आइतबार प्रतितोला ३ हजार एक सय २५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार३ हजार २ सय २० रूपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको भाउ ३ हजार १ सय २५ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?