
- रोमानियाको बाकाउ सहरमा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु भएको छ।
- मृतकहरू २५ र ३६ वर्षका भए पनि उनीहरूको परिचय खुल्न बाँकी छ।
- आइतबार बिहान भएको सो दुर्घटनाबारे त्यहाँका सञ्चारमाध्यमले पुष्टि गरेका छन्।
साउन १८ सोमबार प्रकाशित समाचार
रेलले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो। यसबारे रोमानियाका विभिन्न सञ्चारमाध्यमले समाचार प्रसारण गरेका छन्।
मृतकहरू २५ र ३६ वर्षका नेपाली नागरिक रहेका तर परिचय भने खुल्न बाँकी रहेको बताइएको छ।
दुर्घटना रोमानियाको राजधानी बुखारेस्टबाट ३ सय ८ किलोमिटर टाढा पर्ने बाकाउ सहरको चिमीई रेल सडक खण्डमा आइतबार बिहान ३:२१ बजे भएको हो।

