
- आज सबै राशिहरूको लागि काममा सफलता र सकारात्मक नतिजा प्राप्त हुने योग छ।
- नयाँ योजना र सिर्जनात्मक कार्यहरू सुरु गर्न आजको दिन विशेष फलदायी देखिन्छ।
- पारिवारिक सहयोग र सहकार्यले रोकिएका कामहरू सुचारु गर्दै अघि बढ्न सकिनेछ।
आज २०८३ साउन १० गते आइतबार, तदनुसार २६ जुलाइ २०२६ । यस्ताे छ आजकाे राशिफलः
मेष
थालिएका कामहरू सजिलै सम्पन्न हुनेछन् । आर्थिक क्षेत्रमा सुधार आउनेछ । पारिवारिक साथ र सहयोग मिल्नेछ । आज पहिले गरेका प्रयासहरूबाट सकारात्मक नतिजा मिल्नेछ ।
वृष
आज नयाँ योजना बनाउन अनुकूल समय छ । सहकर्मीहरूसँग छलफल गरेर अघि बढ्नुहोला । आर्थिक कारोबार र खर्चमा विचार पुर्याउनुहोला । रोकिएका कामहरू क्रमशः बन्दै जानेछन् ।
मिथुन
बौद्धिक तथा सिर्जनात्मक क्षेत्रमा सफलता मिल्नेछ । मित्रजन र सहकर्मीबाट राम्रो सहयोग पाइनेछ । समयको सही सदुपयोग गर्दा दिन फलदायी रहनेछ । मनमा नयाँ जाँगर र उत्साह बढ्नेछ ।
कर्कट
सम्बन्धित निकाय वा अनुभवी व्यक्तिसँग सल्लाह लिएर अघि बढ्नुहोला । खानपान र स्वास्थ्यमा विशेष ख्याल राख्नुहोला । नयाँ कामको सुरुवात गर्दा सामान्य अलमल हुन सक्छ ।
सिंह
सानो प्रयासले पनि काममा राम्रो नतिजा मिल्नेछ । समाजमा तपाईंको प्रशंसा हुनेछ । आत्मबल उच्च रहनेछ । तपाईंको बोली र विचारको प्रभाव बढ्नेछ ।
कन्या
दैनिक कामहरू समयानुसार सम्पन्न हुनेछन् । धेरै दिनदेखि खोजेको वस्तु वा समाधान फेला पर्न सक्छ । कामको चापले शारीरिक थकान हुन सक्छ । आजको दिन जाँगरिलो र व्यस्त रहनेछ ।
तुला
सहकार्यको नयाँ अवसर मिल्नेछ । आफ्नो काम आफैं सम्पन्न गर्न पहल गर्नुहोला । परिवार वा मित्रजनलाई तपाईंको सहयोग आवश्यक पर्न सक्छ । नयाँ मानिसहरूसँग चिनजान हुनेछ ।
वृश्चिक
राम्रोसँग बुझेर अघि बढ्नुहोला । पुरानो अनुभवले नयाँ काममा ठूलो फाइदा दिनेछ । घर–परिवारमा सुखद् र सहयोगात्मक वातावरण रहनेछ । चाँडो निर्णय लिनुपर्ने परिस्थिति आउन सक्छ ।
धनु
फरक वातावरणमा काम गर्ने मौका मिल्नेछ । मनमा लागेका योजनाहरू सुरु गर्ने जाँगर चल्नेछ । पारिवारिक विषयमा थोरै ध्यान दिनुहोला । नयाँ ठाउँको यात्रा गर्ने अवसर जुट्न सक्छ ।
मकर
समसामयिक र व्यावहारिक विषयमा ध्यान केन्द्रित गर्नुहोला । परिवारका सदस्यसँग सल्लाह गरेर लिएका निर्णय लाभदायक हुनेछन् । अधुरा र रोकिएका कामहरू पूरा गर्ने सोच बन्नेछ ।
कुम्भ
विविध कामको जिम्मेवारीले व्यस्तता बढाउनेछ । कामको नतिजा सकारात्मक रहनेछ । साँझपख कुनै खुसीको खबर सुन्न पाइनेछ । नयाँ सोच र जुक्तिले पुराना समस्याहरू हल गर्न सकिनेछ ।
मीन
सिर्जनात्मक कामले मन प्रसन्न हुनेछ । अरूको कुरामा धेरै नअल्झी आफ्नो लक्ष्यमा केन्द्रित हुनुहोला । स्वास्थ्य र खानपानमा विशेष ध्यान दिनुहोला । आफूलाई मनपर्ने काममा समय बिताउन पाइनेछ ।

