नेपाल चीन सीमा नाका रसुवागढीमा पुगे गृहमन्त्री गुरुङ

समाचार सारांश
Auto Generated by AI
  • गृहमन्त्री सुधन गुरुङ तस्करी र भन्सार छली अनुगमनका लागि रसुवागढी नाका पुगेका छन्।
  • रसुवा जाने क्रममा मन्त्री गुरुङ दुर्घटनास्थलमा पुगेर उद्धार कार्यमा खटिएका छन्।
  • त्रिशूली नदीमा खसेको गाडी र चालकको खोजी कार्य जारी रहेको छ।

नेपाल–चीन सीमा नाका रसुवागढीमा पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ नेपाल–चीन सीमा नाका रसुवागढी पुगेका छन् । आइतबार बिहान उनी रसुवागढी पुगेका हुन् । नाकामार्फत हुनसक्ने तस्करी र भन्सार छलीबारे छड्के जाँच गर्न मन्त्री गुरुङ शनिवार काठमाडौँबाट रसुवातर्फ लागेका थिए ।

मन्त्री गुरुङ आज स्याफ्रुवेशी हुँदै रसुवागढी नाकामा पुगेको रसुवामा कार्यरत एक जना प्रहरी अधिकृतले रातोपाटीलाई बताए । उनी बा.२ झ ४४६ नम्बरको गाडीमा रसुवा पुगेका हुन् ।

गुरुङ रसुवा जाँदै गर्दा शनिवार सडक दुर्घटना भएको थियो । गोसाइकुण्ड गाउँपालिका वडा नम्बर–५ स्थित पासाङ ल्हामु सडक खण्डमा स्याफ्रुबेसीबाट धुन्चेतर्फ आउँदै गरेको अनटेष्ट गाडी दुर्घटना भएको हो ।

चिलिमे हाइड्रोपावरको पावर हाउस नजिकै त्रिशूली खोलामा गाडी दुर्घटना भएको ठाउँमा मन्त्री गुरुङ पनि खोजी र उद्धारमा खटिएका थिए ।

भन्सार पास भएर आएको एसआरएम कम्पनीको गाडीका चालक रसुवाको कालिका गाउँपालिका घर भएका २२ वर्षीय सबिन तामाङ सम्पर्क विहीन छन् । नदीमा खसेको गाडी पनि नभेटिएको र खोजी कार्य भइरहेको रसुवाका डीएसपी अशोक थापाले रातोपाटीलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?