दृश्य १. सुलभ खरेल :- मतदातामा उत्साहा छ, परिवर्तनको हुटहुटी चलेको छ, रवी – बालेनको ब्राण्ड बेचिरहेका छ्न, नया मतदाता र युवाहरुमा उत्साही देखिन्छ, पुराना मानिसहरुले पनि भेट्दा घण्टी नै हो भन्छ्न, ठाउठाउमा जनताले फूल र अविर लगाईदिन्छ्न, मत माग्नेहरु ढुक्क देखिन्छ्न , एजेण्डा मा बहस छैन, सङ्गठन छैन, रैथाने मतदाता को उपस्थिती न्युन छ, भेट्न चहानेहरु धेरै छन, जनताका मुद्दाबारे सम्बोधन छैन, स्थानीयताको अभाव छ । चुनाव जित्ने रणनिति छैन, सरल मार्गबाट घरदैलो गरिरहेका छ्न । चुनाव जित्नेमा लगभग ढुक्क छ्न । अपेक्षा ३० हजार मत ।
दृश्य २. बिष्णु प्रसाद पौडेल :- जनताका मुद्दा बुझेका छ्न, जनतासग स्थानीयताको साईनो गास्छ्न, जनता फूल माला लिएर बसिरहेकै छ्न, युवावर्ग उत्साहित छैन तर पाको उमेरसमूहले आशा देखाएको छ, सङ्गठन बलियो छ, र्याली लामो देखिन्छ, जनताभन्दा धेरै कार्यकर्ता देखिन्छ्न, सामाजिक सन्जालमा जस्तो देखिन्छ तेस्तो फिल्डमा नभएपछी चुनाव जितिने दाबी छ । बाटो, एयरपोर्ट, खानेपानी, सुरुङमार्ग, जस्ता पुर्वाधार देखाएर कन्भिन्स गर्न खोजीरहेका छ्न । अघिल्लो मत नघट्ने २७००० कायम रहने अपेक्षा एमालेको छ ।
दृश्य ३: चुन्नु प्रसाद पौडेल :-
एमालेको मत घण्टीले काट्ने तर काङ्रेसको मत यताउता नहुने र केही थपिने हुदा जित निकाल्ने दाउमा छ्न, उधोग र व्यापार गरेर कमाएको सम्बन्ध प्रयोग गरेका छ्न, मतदातामा धेरै उत्साहा छैन, युवापुस्ताका मतदाता बाहिरै निस्किन्नन, पुराना काङ्रेसहरुमा भने उर्जा देखिन्छ, ७ हजारलाई रोजगार दिएको र अब दोब्बर बढाउने आशा देखाएका छ्न, बिष्नु पौडेलले धेरै पटक जितेकोले आफूलाई यसपल्ट मतदाताले न्याय गर्ने विश्वास छ, वुटवलको स्थानीय चुनाव र केही वार्ड जितेको बिरासत कायम राख्ने आशा गरेका छ्न, सुरु सुरुमा खासै जित्ने अपेक्षा नगरेको काङ्रेसले आजको दिनसम्म आईपुग्दा २० हजार मत कटाएर चुनाव जितिने अपेक्षा गरिरहेको छ ।
अरु उमेद्वार पनि आफ्नो आफ्नो आकलन सहित घरदैलोमा छ्न । चुनाव चिन्ह तारा को आफ्नै दाबी छ , बलिरहेको चिम, जेन्जी को जुत्ता, घर, आँखा, गुलाब, गितार लगायतका केही दल र स्वतन्त्र पनी छ्न । यिनिहरुले निर्णायक मत काट्ने वाला छ्न । अघिल्लो निर्वाचनमा ८१ हजार खसेको रुपन्देही २ मा मत अहिले बढेर ९० हजारजति खस्दा २० /२२ हजार वरीपरी मत ल्याउने उमेदवार ले चुनाव जित्छ्न । तर कस्ले जित्छ्न त्यो भने फागुन २४/२५ तिर भनौला है ।


