महाराजगञ्ज नगरपालिकाद्वारा नागरिकलाई नौ बुँदे सचेतनामूलक अपिल

समाचार सारांश
Auto Generated by AI
  • व्यक्तिगत घटना दर्ता गराउने तथा बालबालिकालाई अनिवार्य विद्यालय पठाउन नगरपालिकाले आग्रह गरेको छ।
  • चाडपर्व सभ्य र मर्यादित रूपमा मनाउन तथा सामाजिक सद्भाव कायम राख्न अपिल गरिएको छ।
  • नक्सा पास गरेर मात्र भवन बनाउने, कर तिर्ने र सामाजिक अपराध न्यूनीकरणमा सक्रिय हुन भनिएको छ।

महाराजगञ्ज नगरपालिकाद्वारा नागरिकलाई नौ बुँदे सचेतनामूलक अपिल
कपिलवस्तु। महाराजगञ्ज नगरपालिकाले नागरिकलाई जिम्मेवार, सुरक्षित र व्यवस्थित समाज निर्माणमा सहयोग पुर्‍याउन विभिन्न विषयमा नौ बुँदे सचेतनामूलक अपिल जारी गरेको छ।
नगरपालिकाले सार्वजनिक गरेको सूचनामा जन्म, मृत्यु, बसाइँसराइ तथा सम्बन्ध विच्छेदजस्ता व्यक्तिगत घटनाहरू समयमै दर्ता गराउन आग्रह गरिएको छ। साथै चाडपर्वलाई भड्किलो नभई सभ्य, मर्यादित र खुसीपूर्वक मनाउन तथा चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधिप्रति सजग रहँदै सामाजिक सद्भाव कायम राख्न सबै नागरिकलाई अनुरोध गरिएको छ।
त्यसैगरी विद्यालय जाने उमेर पुगेका सबै बालबालिकालाई अनिवार्य रूपमा विद्यालय पठाउन, घर तथा भवन निर्माण गर्दा नक्सा पास गर्न र सडक अवरुद्ध हुने गरी निर्माण सामग्री नराख्न नगरपालिकाले आग्रह गरेको छ।
सूचनामा बालविवाह सामाजिक अपराध भएकाले कानुनी उमेर पुगेपछि मात्र विवाह गर्न, खानेपानीका मुहानहरू सफा राख्न तथा वन–जङ्गल संरक्षणमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरिएको छ।
नगरपालिकाले नागरिकलाई समयमै कर तिर्न र आफ्नो नागरिक दायित्व पूरा गर्न पनि अपिल गरेको छ। यस्ता सचेतनामूलक सन्देशको पालना भएमा सुरक्षित, व्यवस्थित र समुन्नत समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास नगरपालिकाले व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?