नेपाल प्रेस खबर संवाददाता अमित खनाल काठमाडौ ;
देशभर आज मौसम सफा रहने छ। देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।मनसुन बर्हिगमन र त्यसबेला परेको पानीसँगै बिस्तारै तापक्रम घट्न थालेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिनुभयो ।
काठमाण्डौ उपत्यकामा तापक्रम घटेर हिजो १२.५ डिग्री सेल्सियसमा झरेको थियो । उपत्यकालगायत देशका पहाडी तथा हिमाली भागमा पनि न्यूनतम तापक्रम घट्दो क्रममा रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा मौसम आंशिक बदली रही बाँकी भागमा सफा रहने अनुमान छ । कोशी प्रदेशको पहाडी भागका १/२ ठाँउमा हल्का वर्षाको पनि सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

