समाचार सारांश
Auto Generated by AI
  • गुल्मीको धुर्कोटमा जंगली जनावर रोक्न बारीमा बिछ्याइएको विद्युतीय पासोमा परेर एक महिलाको मृत्यु भएको छ।
  • आफ्नै बारीमा करेन्ट प्रवाह गर्ने ६६ वर्षीय भेषराज भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
  • घटनाबारे थप अनुसन्धान भइरहेको र प्रहरी टोली घटनास्थलमा खटिएको छ।


‎गुल्मीमा जंगली जनावर रोक्न थापिएको करेन्टमा परी महिलाको मृ त्यु


‎असार १७ बुधबार प्रकाशित समाचार नेपाल प्रेसखबर

गुल्मी जिल्लामा जंगली जनावर रोक्न थापिएको करेन्टमा परी महिलाको मृ त्यु
‎गुल्मी, धुर्कोट । जंगली जनावर रोक्न बारीमा प्रवाह गरिएको विद्युतीय करेन्ट ( पासोमा ) लागेर गुल्मीमा एक महिलाको मृत्यु भएको छ।


‎जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार धुर्कोट गाउँपालिका–५ मन्टारी बस्ने ६६ वर्षीय भेषराज भण्डारीले आफ्नै घरदेखि करिब १५० मिटर टाढा रहेको बारीमा जंगली जनावर बदेल रोक्न बिजुलीको पोलबाट करेन्ट प्रवाह गरी राखेका थिए।


‎सोही क्रममा उक्त करेन्ट लागेर उनकी श्रीमती अन्दाजी ६० वर्षीया हुमकला भण्डारी घाइते भएकी थिइन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएकोमा आज बिहान ३:२५ बजे चिकित्सकले मृ *त घोषणा गरेका थिए ।


‎करेन्ट प्रवाह गर्ने भेषराज भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनास्थलमा लाशजाँच मुचुल्कालगायत अनुसन्धानका लागि प्रहरी टोली खटिएको र थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?