सन्धिखर्क। अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क कुँडुले फाँटमा कृषि पर्यटन महोत्सव हुने भएको छ ।
चेम्बर अफ कमर्स अर्घाखाँचीको आयोजनामा कुडुले फाटमा पौष २७ गतेदेखि माघ ११ गतेसम्म मेला लगाउने तयारी भएको बताईएको छ । महोत्सव लगाउने बिषयमा सरोकारवालासँग छलफल र कानुनि प्रक्रिया समेत पूरा गर्ने चरणमा रहेको बताईएको छ।
मेला लगाउने तयारी स्वरुप जिल्ला समन्वय प्रमुख जिवनारायण कोईरालाको कार्यकक्षमा सरोकारवालासँग छलफल गरिएको तस्बिर सार्वजनिक भएपछि मेला लाग्ने निश्चित भएको छ ।


