विश्वकै नम्बर–१ लक्जरी होटलको सूचीमा नेपालकाे ‘सिन्तामणी मुस्ताङ’

काठमाडौं। नेपालको पर्यटन क्षेत्रमा अर्को ऐतिहासिक सफलता हात लागेको छ। मुस्ताङस्थित सिन्तामणी मुस्ताङ होटल प्रतिष्ठित रोब रिपोर्ट्स (Robb Report) ले सार्वजनिक गरेको ‘५० ग्रेटेस्ट लक्जरी होटल्स अन अर्थ २०२६’ को सूचीमा विश्वकै पहिलो नम्बर मा पर्न सफल भएको छ।
यो उपलब्धिसँगै सिन्तामणी मुस्ताङले नेपाललाई विश्व लक्जरी पर्यटनको नक्सामा अझ सशक्त रूपमा स्थापित गरेको छ।

हिमाली प्राकृतिक सौन्दर्य, मुस्ताङको अद्वितीय सांस्कृतिक सम्पदा, उच्चस्तरीय आतिथ्यता र उत्कृष्ट सेवा–सुविधाका कारण होटलले यो प्रतिष्ठित स्थान हासिल गरेको बताइएको छ।
विश्वभरका उत्कृष्ट लक्जरी होटलहरूबीच पहिलो स्थान हासिल गर्नु नेपालका लागि ठूलो गौरवको विषय मानिएको छ। पर्यटन व्यवसायीहरूले यस सफलताले नेपालमा उच्चस्तरीय पर्यटकको आगमन बढ्ने, अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन प्रवर्द्धन हुने तथा मुलुकको पर्यटन उद्योगलाई थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरेका छन्।

सिन्तामणी मुस्ताङको यो सफलता नेपालको आतिथ्यता, प्राकृतिक सौन्दर्य र विश्वस्तरीय सेवाको अन्तर्राष्ट्रिय मान्यता भएको रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
दिपक ज्ञवाली
लेखकको बारेमा

दिपक ज्ञवाली

ज्ञवाली नेपाल प्रेस खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?