बालविवाह तथा जबरजस्ती विवाह विरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न

समाचार सारांश
Auto Generated by AI
  • कपिलवस्तुको विजयनगरमा बालविवाह र जबरजस्ती विवाह रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भयो।
  • बालविवाहले शिक्षा र स्वास्थ्यमा पार्ने असरबारे छलफल गर्दै यसलाई रोक्न समुदायको भूमिका महत्वपूर्ण रहेको औंल्याइयो।
  • WOMEN ACT र PLAN International को सहकार्यमा आयोजित कार्यक्रममा महिला तथा बालअधिकार संरक्षणमा जोड दिइयो।

कपिलवस्तु =लालु चौधरी

जेठ ३० ~ “मौनता तोडौंः सामुदायिक नेतृत्वमा लैङ्गिक हिंसा रोकथाम परियोजना” अन्तर्गत बालविवाह, कम उमेरमा गरिने विवाह तथा जबरजस्ती विवाह सम्बन्धी अभिमुखीकरण कार्यक्रम शनिबार विजयनगर गाउँपालिका वडा नं. ७, गणेशपुरमा सम्पन्न भएको छ।
कार्यक्रममा बालविवाह तथा जबरजस्ती विवाहका कारण बालबालिका र किशोरीहरूको शिक्षा, स्वास्थ्य, सुरक्षा तथा भविष्यमा पर्ने नकारात्मक प्रभावबारे जानकारी गराइएको थियो। साथै यस्ता सामाजिक कुरीति तथा लैङ्गिक हिंसाका घटनालाई न्यूनीकरण गर्न समुदायस्तरमा सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिइएको थियो।

अभिमुखीकरण कार्यक्रममा स्थानीय महिला, किशोरी, अभिभावक तथा समुदायका अगुवाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले बालविवाह तथा जबरजस्ती विवाह अन्त्यका लागि समुदायबाटै पहल गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।
कार्यक्रमका वक्ताहरूले बालविवाह कानुनविपरीत मात्र नभई बालअधिकारको गम्भीर उल्लङ्घन भएको उल्लेख गर्दै यस्ता कार्य रोक्न सबै सरोकारवालाको साझा प्रयास आवश्यक रहेको बताए।
उक्त कार्यक्रम WOMEN ACT को आयोजनामा तथा PLAN International को सहयोगमा सम्पन्न भएको हो। कार्यक्रममा लैङ्गिक हिंसा न्यूनीकरण, महिला तथा बालबालिकाको अधिकार संरक्षण र सुरक्षित समाज निर्माणका विषयमा समेत छलफल गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

कोशी प्रदेशका १-२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज मिति २०८३ ज्येष्ठ ३० गते शनिवारको दिन माता सुपादेउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

नेपाल-भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

आज मिति २०८३ ज्येष्ठ २९ गते शुक्रवारको दिन माता सुपादेउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

आज मिति २०८३ ज्येष्ठ २८ गते बिहीबार को दिन माता सुपादेउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

काठमाडौँ, पोखरा, विराटनगर, धरान, जनकपुरलगायतका सहरमा मध्यम वर्षाको सम्भावना

छुटाउनुभयो कि ?