सन्धिखर्क नगरपालिकाको नागरिकलाई उत्तरदायित्व पूरा गर्न आग्रह

समाचार सारांश
Auto Generated by AI
  • सन्धिखर्क नगरपालिकाले नगरवासीलाई व्यक्तिगत घटना दर्ता, समयमै कर भुक्तानी र कानुनको पालना गर्न आग्रह गरेको छ।
  • बालविवाह अन्त्य, अनिवार्य विद्यालय भर्ना र सामाजिक सद्भाव कायम राख्न नगरवासीलाई सचेत गराइएको छ।
  • भवन निर्माणमा नक्सा पास, सरसफाइ, वातावरण संरक्षण र सुरक्षित चाडपर्व मनाउन नगरपालिकाले अपिल गरेको छ।

सन्धिखर्क, अर्घाखाँची।
सन्धिखर्क नगरपालिकाले नगरवासीलाई जिम्मेवार, सभ्य र कानुनसम्मत नागरिकको दायित्व पूरा गर्न आग्रह गर्दै विभिन्न नौ बुँदे सचेतनामूलक अनुरोध सार्वजनिक गरेको छ। नगरपालिकाले व्यक्तिगत घटना दर्तादेखि कर तिर्ने, बालविवाह रोकथाम, विद्यालय भर्ना, वातावरण संरक्षण र सामाजिक सद्भाव कायम गर्न सबै नगरवासीलाई अपिल गरेको हो।


नगरपालिकाका अनुसार जन्म, मृत्यु, बसाइँसराइ तथा सम्बन्ध विच्छेदजस्ता व्यक्तिगत घटनाहरू समयमै दर्ता गराउन आग्रह गरिएको छ। साथै चाडपर्वलाई भड्किलो नभई खुसी र सद्भावका साथ मनाउन तथा चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधिबाट सचेत रहन सबैलाई अनुरोध गरिएको छ।


त्यसैगरी विद्यालय जाने उमेर पुगेका सबै बालबालिकालाई अनिवार्य रूपमा विद्यालय भर्ना गराउन, घर तथा भवन निर्माण गर्दा नक्सा पास गर्न र सडक अवरुद्ध हुने गरी निर्माण सामग्री नराख्न नगरपालिकाले आग्रह गरेको छ।


नगरपालिकाले बालविवाह सामाजिक अपराध भएकाले कानुनी उमेर पुगेपछि मात्र विवाह गर्न, खानेपानीका मुहानहरू सफा राख्न, वन–जंगल संरक्षण गर्न तथा समयमै कर तिरेर आफ्नो नागरिक दायित्व पूरा गर्न पनि सबै नगरवासीलाई अनुरोध गरेको छ।


नगरपालिकाले यस्ता सचेतनामूलक सन्देशहरूको पालना गरेमा सभ्य, सुरक्षित, स्वच्छ र समृद्ध सन्धिखर्क निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?