गुल्मीमा श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

गुल्मीमा श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । गुल्मीको इश्मा गाउँपालिकामा-६ साहुघर निवासी ४५ वर्षीय थमनबहादुर कुमालको कुटपिटबाट ४३ वर्षीयानी एमी भनिने सुमित्रा कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ।

मंगलबार बेलुका दुवै जनाले सँगै मादक पदार्थ सेवन गरेपछि विवाद भएको थियो । विवादको क्रममा थमनले एमीमाथि कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएकी एमीलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास पुऱ्याइएको थियो । तर उपचारको क्रममा उनको मृत्यु भएको गुल्मीका प्रहरी नायब उपरीक्षक डीएसपी गंगाबहादुर सारुले बताए ।

घटनाको थप अनुसन्धानका लागि बुधबार बिहान जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वतकुमार केसीको कमान्डमा ५ जनाको टोली खटिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
विशाल खनाल
लेखकको बारेमा

विशाल खनाल

विशाल खनाल नेपाल प्रेस खबरका संबाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

नीति तथा कार्यक्रमः ‘देवभूमि नेपाल’ अभियान सञ्चालन गरिने

छुटाउनुभयो कि ?