
- धेरैजसो राशिका लागि आजको दिन आर्थिक लाभ, काममा सफलता र नयाँ अवसर प्राप्त हुने शुभ दिन छ।
- केही राशिले भने स्वास्थ्य, खर्च र प्रतिस्पर्धीहरूका कारण साँझतिर सतर्क रहनुपर्ने देखिन्छ।
- समग्रमा मिहिनेत र बुद्धिको सही प्रयोगले धेरैका लागि आजको दिन उपलब्धिमूलक बन्नेछ।
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
रोकिएको काम बन्नाले उत्साह जाग्नेछ। मिहिनेतले लक्ष्यमा पुग्न सकिनेछ। अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। नयाँ काममा हातहाल्ने समय छ। पेसा–व्यवसायमा मनग्य फाइदा उठाउने बेला छ। मिहिनेतले लोकप्रियता हासिल गर्न सफल भइनेछ। साँझतिर नयाँ जिम्मेवारी थपिए पनि काममा केही अवरोध आउन सक्छन्।
वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
अस्वस्थताले काममा बाधा पुग्न सक्छ। खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन् भने बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। समय लागे पनि दिगो योजना बनाउन सकिनेछ। साँझदेखि स्थिति अनुकूल बन्दै जानेछ। श्रम परे पनि केही उपलब्धि प्राप्त हुनेछन्। सामाजिक कामतर्फ ध्यान जानेछ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
प्रियजनसँग भेटघाट हुनाले दिन रमाइलो रहनेछ। रमाइलो स्थान भ्रमण गर्ने अवसर पनि प्राप्त हुनेछ। परिस्थिति कमजोर देखिए पनि अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ। साँझतिर भने कुनै काम बिग्रने भयले सताउनेछ। स्वास्थ्यका लागि पनि आहारविहारमा ध्यान पुर्याउनुहोला।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
हिम्मत बढ्नेछ भने रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले फाइदा उठाउन सकिनेछ। बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउने समय छ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। साँझदेखि व्यापार बढ्नुका साथै व्यवसायमा मनग्य लाभ हुनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने आकर्षक उपहारले उत्साह जगाउनेछ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ। आर्थिक लाभ हुने काम पनि सम्पादन हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग भने लाभदायी बन्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ। साँझतिर प्रतिस्पर्धी बढ्नेछन्, उपलब्धि जोगाउन सजग रहनुपर्नेछ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
मान्यजनको मार्गदर्शन अनुचित लाग्न सक्छ। कमजोर विकल्प अँगाल्नाले कुनै अवसर गुम्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनेछ र चुनौतीहरूसँग जुध्नुपर्नेछ। सहयोगीहरूले साथ दिए पनि प्रगतिमा ईर्ष्या गर्नेहरूले दुस्ख दिनेछन्। तापनि साँझतिर स्थितिमा सुधार आउनाले उत्साह जाग्नेछ। नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
दिनभरि विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा पनि फाइदा हुनेछ। काममा श्रम परे पनि राम्रो प्रतिफल प्राप्त हुनेछ। व्यापारमा मनग्य लाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। अवसरले उत्साह जगाउनेछ। साँझतिर केही घरायसी समस्याले पिरोल्न सक्छ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।
बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ।नयाँ काममा जग बसाउने अवसर पनि प्राप्त हुनेछ। साँझतिर भने सहयोगीले हात झिक्नाले काम रोकिन सक्छ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
सफलताले हिम्मत दिलाउनेछ। प्रयत्न गर्दा राम्रै काममा जग बसाउने मौका छ। दिगो फाइदा हुने काम प्रारम्भ होला। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भेटघाटले समेत उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मान–सम्मान प्राप्त हुनेछ। साँझतिर नयाँ तथा विशेष कामको जिम्मेवारी प्राप्त हुन सक्छ। पेसा–व्यवसायमा मनग्य लाभ उठाउने समय छ।
मकर
भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
खर्चिलो काम गर्नुपर्ने हुँदा सञ्चित रकम घट्न सक्छ। किनमेलमा पनि खर्च बढ्नेछ। आफन्तजनबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि लगानीमा रकम बाहिरिन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। साँझतिर स्थितिमा सुधार आउनेछ। पारिवारिक भेटघाटले र खानपानले प्रसन्नता मिल्नेछ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। व्यापारमा मनग्य फाइदा हुनेछ। साँझतिर आफ्नो रकम अरूका लागि खर्च हुनेछ। आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ला। आँटेको काम पनि रोकिन सक्छ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुनेछ। व्यापारमा राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मिहिनेत गर्दा कार्यसिद्धिको समय छ। लगनशीलताले काम बन्ने समय छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्नेछ। विशेष काम गरेरै दाम कमाउने समय छ। साँझतिर विशेष लाभ उठाउन सकिन्छ।


