सन्धिखर्क खानेपानीका इसकर्मचारीकाे लापरवाहीले गर्दा उपभोक्ता मारमा: २ महिनाकाे बिल ९ हजार १ सय

 सन्धिखर्क साना सहरी खानेपानी मुल उपभोक्ता संस्थाका कर्मचारीहरुकाे लापरबाहीले गर्दा एक उपभोक्ता ले २ महिनाकाे महशुल ९ हजार १ सय रुपैयाँ तिरेका छन । 

सन्धिखर्क न.पा १ गुण्टेखाेला स्थित रिता वि.क काे घरमा पुस महिनाकाे रिडिङ गर्ने बेला कर्मचारी ले मिटर मा अक्षर देखिएकाे छैन अहिले लाई न्युनतम अंक रिडिङ गर्दिन्छु तर याे मिटरकाे सफाइ वा मर्मत गर्नकाे लागि कार्यालयमा जानकारी गराउनुहाेस र यता हाम्राे तर्फबाट पनि जानकारी गराउछाैँ भने पछि नजिकै रहेकाे कार्यालयमा पुगेर जानकारी गराउदा त्यहाँ वस्ने कर्मचारी ले हुन्छ हामी मिस्री पठाउछाैँ भन्नू भएकाे र २/३ दिन सम्म  नआए पछि पुनः जानकारी गराउदा भुलेछु हुन्छ म पठाउछु भन्ने विश्वास दिलाउनु भयाे तर फेरि पनि मिस्री आउनु भएन र स्वयं घरबेटी ले पनि पटक पटक कति जानकारी गराउने आफै सम्झिएकाे बेला हेर्दिनु हाेला भन्दै  कम चासाे दिन थाल्नु भयाे दिनहरू बित्दै जादा  चैत्र महिनाकाे  १ गते मिटर रिडिङ गरेपछि विल लिएर कार्यालय जादा तपाईंको मिटर विग्रिएकाे रहिछ फेर्नु पर्छ भन्नु भएछ र मिटर फेरियाे पुरानाे मिटर खाेलेर हेर्दा पहिलेकाे अंक भन्दा अत्यधिक बढि देखियाे र याे पैसा आज तिर्नु भयाे भने ९१०० रुपैयाँ लाग्छ यति भाेलि तिर्नु भयाे भने १२००० लाग्छ भनेर प्रशासनिक कर्मचारीले भनेपछि उपभोक्ता ले सरसापट गरेर तुरुन्त बुझाउनु भयाे पछि याे कुरा बाहिर आउन थाल्याे र कर्मचारी लाई किन यसाे भयाे ? 

उपभोक्ता ले पहिले पटक पटक मिटर मर्मत गर्न पर्ने छ रे मिस्री पठाउन जानकारी गराउदा पठाईदिनु भएन अहिले यति धेरै शुल्क तिर्न लगाउनु भयाे याे त सरासर उपभोक्ता माथि अन्याय भयाे भनेर कर्मचारी लाई प्रश्न गर्दा हैन मलाई भनेकै छैनन् , नभाकाे कुरा गर्ने भन्दै उपभोक्तालाई झपार्नु भएछ र पछि उपभोक्ता समिति अध्यक्ष, कार्यालय प्रमुख , कर्मचारी र उपभोक्ता विच कुरा गरी अध्यक्षले कर्मचारीहरुलाई नितिगत प्रश्न गर्दा अन्ततः कर्मचारी कै गल्ती कमजाेरि भएकाे स्विकार गर्नु भयाे । कार्यालय प्रमुख कृष्ण प्रसाद आचार्य ले भन्नू भयाे हाम्राे मातहतका कर्मचारी काे कमजाेरि भयाे स्विकार गर्छाैं तर बुझाएको शुल्क फिर्ता गर्ने कुनै उपाय छैन । उपभोक्ता काे गल्ती कमजोरी भय जरिवाना हुन्छ तर कर्मचारीकाे गल्ति पनि उपभोक्ता ले नै जरिवाना तिर्दिनु पर्ने कस्ताे नीति हाे ? पिडित उपभोक्ताकाे विषय समितिको बैठकमा पनि पुराउन अनुराेध गर्नु भयाे अन्ततः त्यहाँ वाट कुनै न्याय नमिले पछि मिडियामा आएकाे पिडित ले बताउनु भएकाे छ । यस्ताे समस्या भाेलि कसैलाई नआउला भन्न सकिन्न आखिर यस्काे न्याय दिने निकाय के हाेत ? के कानुनी बाटाे नै राेज्नु पर्ने हाे त? 

विगत २०५८ साल देखि सन्धिखर्क बजारवासिलाई खानेपानी खुवाउदै आएकाे सन्धिखर्क साना सहरी खानेपानी मूल उपभोक्ता समिति एक पवित्र सँस्थाकाे उद्देश्य बाेकेर संचालनमा आएकाे उक्त सँस्था पछिल्लो समय एकपछि एक गर्दै विवादमा तानिएकाे छ । 

पटक पटक राजनिती भागबन्डा र कर्मचारीहरुकाे मिलाेमताेमा चल्दै आएकाे यश संस्था बजारमा एकाधिकार जमाएकाे छ । वर्षाैँ देखि चल्दै आएकाे दलिय भागबन्डा र कर्मचारीकाे एकछत्र राज लाई पन्छाउदै मिति २०८२ मंसिर २ र ३ गते सम्पन्न साताैँ साधारणसभा तथा छैंठाै अधिवेशनबाट खुल्ला रुपमा राजनिती दललाई चुनाैति दिदै स्वतन्त्र रुपमा बावुराम भुसालकाे नेतृत्वले केही छुटपुट बाहेक सबै पदमा जित हासिल गर्याे ।

 वर्षाैँ देखि मिलाेमताेमा चल्दै आएकाे वानि यसपालि राजनिती दल भन्दा बाहिर बाट आएका हामीहरुलाई कर्मचारीले खासै नरुचाएकाे जस्ताे र राम्राे गर्छु भन्दा पनि साथ नदिएकाे कुरा अध्यक्ष भुसालले बताउछन । कर्मचारीहरुकाे ब्यवहार,शैली देखेर म त वाक्क छु आम उपभोक्ताहरुकाे पनि जनगुनासाे यही छ, कार्यालय व्यवस्थापन गर्नका लागि केही नितिगत निर्णहरु बैठकमा लिपिबद्द भएतापनि व्यवहारमा लागू नगर्दा उपभोक्ताहरुले दु: ख पाउनु भएकाे कुरा अध्यक्ष भुसालले बताउनु भएकाे छ ।

स्रोत अर्घाखाँची बुलेटिन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रकाश आचार्य
लेखकको बारेमा

प्रकाश आचार्य

आचार्य नेपाल प्रेस खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?