राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल, नेकपा एमालेका बिष्णु प्रसाद पौडेलसँग प्रतिस्पर्धामा उत्रिएका छन्!
कांग्रेसका चुन्नप्रसाद पौडेल, नेपाली कम्युनिस्ट पार्टीका सुभाष पाण्डे विश्वदीप, नेपाल जनसेवा पार्टीबाट निकोलस भुषाल सहित १९ दल र स्वतन्त्र २० गरी ३९ जना चुनावी मैदानमा छन्!
२०७९ को निर्वाचनमा प्रत्यक्षमा एमालेका उपाध्यक्ष विष्णु पौडेल २७ हजार १६५ मत ल्याएर निर्वाचित हुँदा रास्वपाका गणेश पौडेलले २५ हजार ७९५ मत पाएका थिए भने समानुपातिकतर्फ देशभर बलियो संगठन भएको एमालेलाई पछि पारेर रास्वपा पहिलो दल बनेको थियो, उसले २५ हजार ६७३ मत ल्याऊदा एमाले २१ हजार १८३ मत पाएर दोस्रोमा झरेको थियो!
बुटवल उपमहानगरपालिका ११ नम्बर वडामा सबैभन्दा बढी १७ हजार ९४३ मतदाता छन् जहां अहिले पनि एमालेका उम्मेद्वार बिष्णु पौडेलको बलियो क्षेत्र मानिन्छ!
रूपन्देही-२ का उम्मेद्वारको हार र जितको निर्धारण गर्ने वडा पनि ११ बन्ने गर्दछ त्यसकारण अहिले पनि रूपन्देही -२ का बलिया उम्मेद्वार बिष्णु पौडेल लाई मान्ने गरिन्छ!
आयोजना ढिला सुस्ति होस या लुम्बिनी प्रेदशको राजधानि दाङ सार्ने कुरामा आलोचना होस वा बिष्णु पौडेल लाई २०५६ को भएले झस्काए होस जे भए पनि मनोबल भने खासै खस्केको देखिदैन!
जेन-जी आन्दोलनले एमाले लाई अरू ठाऊंमा असर पारे पनि रूपन्देही-२ मा भने कार्यक्रताको उत्साहामा त्यती धेरै फरक परेको देखिदैन!
यति बेला बिष्णु पौडेल लाई सुकुम्बासी समस्या र झुम्सा खानेपानी आयोजना ले भने लखेटी रहेको छ!


