
- एमाले अध्यक्ष केपी शर्मा ओली बाढी प्रभावित क्षेत्रको अनुगमन गर्न गल्छीतर्फ प्रस्थान गरेका छन्।
- राहत र उद्धारका लागि एमालेका विभिन्न भ्रातृ संगठनहरू सक्रिय रूपमा खटिएका छन्।
- ओलीसँगै महासचिव शंकर पोखरेल र अन्य शीर्ष नेताहरू पनि प्रभावित क्षेत्र पुगेका छन्।
नेपाल प्रेस खबर सन्धिखर्क अर्घाखाँची
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न तथा राहत र उद्धार कार्यको अनुगमन गर्न गल्छीतर्फ प्रस्थान गरेका छन् ।
बाढी प्रभावित क्षेत्रमा जिफन्ट, अनेरास्ववियु, भूतपूर्व सेना–प्रहरी संगठन, रिटर्नी फेडेरेसन लगायतका स्वयंसेवकहरूको टोली उद्धार, राहत तथा सहयोगका कार्यमा सक्रिय रूपमा खटिरहेको छ।
अध्यक्ष ओलीसँगै पार्टीका महासचिव शंकर पोखरेल, प्रदीप ज्ञवाली, महेश बस्नेत लगायतका नेताहरू पनि गल्छीतर्फ प्रस्थान गरेका छन्

