आध्यात्मिक जागृतिद्वारा विश्व नवनिर्माण विषयमा स्नेह मिलन एवं पत्रकार सम्मेलन सम्पन्न

समाचार सारांश
Auto Generated by AI
  • को आध्यात्मिक जागृति र विश्व नवनिर्माण अभियानको क्षेत्रीय तथा मिडिया विभागको राष्ट्रिय शुभारम्भ समारोह सम्पन्न भएको छ।
  • कार्यक्रममा विभिन्न वरिष्ठ सञ्चारकर्मी र ब्रह्माकुमारी संस्थाका पदाधिकारीहरूको उपस्थितिमा स्नेह मिलन तथा पत्रकार सम्मेलन आयोजना गरियो।
  • वक्ताहरूले आध्यात्मिक चेतना र सकारात्मक सोचको विकासमा सञ्चार क्षेत्रले निर्वाह गर्ने भूमिकाबारे जोड दिएका छन्।

यस वर्ष २०८३ को “आध्यात्मिक जागृतिद्वारा विश्व नवनिर्माण (Spiritual Awakening for World Renewal)” भन्ने क्यानोपी थिम अन्तर्गत क्षेत्रीय शुभारम्भ तथा मिडिया विभाग, नेपाल (Media Wing Nepal) को राष्ट्रिय शुभारम्भ समारोहबारे जानकारी गराउने उद्देश्यले आयोजित “स्नेह मिलन एवं पत्रकार सम्मेलन” सम्पन्न भएको छ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशकी उपाध्यक्ष मिना ढकाल, वरिष्ठ पत्रकार रामप्रसाद आचार्य, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईं, डा. गंगाधर भाईजी, केन्द्रीय महासचिव तथा युवा विभागका अध्यक्ष राजयोगी ब्र.कु. शैलेष राज बराल, केन्द्रीय सदस्य तथा युवा विभागका राष्ट्रिय संयोजक ब्र.कु. नारायण भाईजी, केन्द्रीय सदस्य तथा मिडिया विभागका राष्ट्रिय संयोजक ब्र.कु. कृष्णबहादुर रानाभाट लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रम संस्थाकी अध्यक्ष राजयोगिनी ब्रह्माकुमारी परनिता दिदीज्यू को प्रमुख आतिथ्य तथा वरिष्ठ उपाध्यक्ष एवं बुटवल क्षेत्रीय प्रमुख राजयोगिनी ब्र.कु. कमला दिदीज्यू को अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा वक्ताहरूले आध्यात्मिक चेतनाको विकासमार्फत सकारात्मक सोच, नैतिक मूल्य र विश्वशान्तिको आधार निर्माण गर्न सकिनेमा जोड दिएका थिए। साथै, समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने भएकाले मिडिया विभागको राष्ट्रिय शुभारम्भले जनचेतना अभिवृद्धिमा थप योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
दिपक ज्ञवाली
लेखकको बारेमा

दिपक ज्ञवाली

ज्ञवाली नेपाल प्रेस खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

आज मिति २०८३ साल असार महिनाको ९ गते मंगलबारको दिन माता सुपा देउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

वरिष्ठ अधिवक्ताको दाबी जनार्दन जोगाउन टोपबहादुरलाई फसाइयो, नक्कली चेकको प्रमाण पेस

चन्दा दातालाई सम्मान तथा शिलालेखन कार्यक्रम सम्पन्न

अर्घाखाँचीमा विद्यालय समायोजन दरबन्दी मिलान संकलन कार्यक्रम सम्पन्न

आज मिति २०८३ साल असार महिनाको ८ गते सोमबारको दिन माता सुपा देउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल।

इलाका प्रहरी कार्यालय कृष्णानगर द्वारा अबैध चल्ला नष्ट

छुटाउनुभयो कि ?