तेजप्रसाद खनाल,
लमही दाङ कार्तिक १५ ।
बगार बाबा प्रविधिक शिक्षालय लमहीले आज एक विशेष अन्तरक्रिया (Interaction) कार्यक्रम सम्पन्न गरेको छ। शिक्षालयका प्रबन्ध निर्देशक किरण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार तथा शिक्षक तेजप्रसाद खनाल प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा प्राविधिक विषय विज्ञ सरद भट्टराई, मेडिकल ल्याब प्राविधिक प्रशिक्षक अरविन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो। स्वागत मन्तव्य गणित विज्ञान शिक्षक दिलीपकुमार यादवले राख्नुभएको थियो।
प्रमुख अतिथि खनालले प्राविधिक शिक्षाको महत्त्व र सम्भावनाबारे विचार व्यक्त गर्दै चारु वाचन गर्नुभएको थियो। साथै, संस्थाकी पूर्व विद्यार्थी र हाल राजपुर गाउँपालिकाको स्वास्थ्य केन्द्रमा कार्यरत सीता यादवले आफ्ना अनुभव साझा गरेकी थिइन्।
कार्यक्रमका अध्यक्ष किरण चौधरीले प्राविधिक शिक्षा समयको आवश्यकता भएको उल्लेख गर्दै अध्ययन मार्फत व्यावसायिक दक्षता हासिल गर्न विद्यार्थीलाई आग्रह गर्नुभयो। थारु गायक शेरम चौधरीले थारु र लोकदोहोरी गीत प्रस्तुत गरेका थिए।
शिक्षालयकी प्रशासनिक कर्मचारी सिर्जना रोकाको सञ्चालनमा सम्पन्न कार्यक्रम सफल र उत्साहपूर्ण रह्यो।



