कामभन्दा बढी परीक्षा तयारीमा कर्मचारी १० हजार निजामती लोकसेवा दौडमा

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका पूर्वसचिव सुरेश अधिकारीले करिब १० हजारजति निजामती कर्मचारी हाल लोकसेवा आयोगको परीक्षाको तयारीमा व्यस्त रहेको बताएका छन् । उनका अनुसार सहसचिव पदका लागि करिब १ हजार, उपसचिव पदका लागि करिब २ हजार ५ सय र शाखा अधिकृत पदका लागि करिब ७ हजार कर्मचारी तयारीमा रहेका छन् ।

लोकसेवा आयोगले विभिन्न पदका लागि विज्ञापन खोलेसँगै जागिरमा रहेर पनि धेरै कर्मचारी तयारीमा व्यस्त हुने परम्परा देखिएको छ । यसले कार्यालयको कामकाज प्रभावित भएको आलोचना भइरहेका बेला मन्त्रीदेखि लिएर सचिवसम्मकै कर्मचारीलाई परीक्षाप्रति आकर्षण बढिरहेको देखिन्छ ।

पूर्वसचिव अधिकारीले यसलाई ‘निजामती सेवाभित्रकै प्रतिस्पर्धात्मक माहोल’को रूपमा व्याख्या गर्दै तयारी गर्ने कर्मचारीलाई काम र अध्ययनबीच सन्तुलन गर्न कठिनाइ हुने बताएको छन् । कर्मचारीले जागिरमै रहँदा अर्को उच्च तहमा उक्लन प्रतिस्पर्धा गर्नु सकारात्मक भए पनि यसले सेवाग्राहीलाई पर्न सक्ने असरबारे सचेत रहनुपर्ने उनको भनाइ छ ।

आयोगले भने विज्ञापन तथा परीक्षालाई नियमित प्रक्रियाअन्तर्गत अघि बढाइरहेको र योग्य तथा सक्षम उम्मेदवार छनोट हुने उद्देश्य रहँदै आएको स्पष्ट पारेको छ । यता सरकारी कार्यालयभित्र भने परीक्षामुखी तयारीले गर्दा सेवा प्रवाहमा केही ढिलासुस्ती देखिएको गुनासो बढ्दो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?