कपिलवस्तुमा काठ तस्करी, १२ गोलिया खैराे काठ बरामद।

कपिलवस्तुको नेपाल भारत सिमानाकामा काठको तस्करी बढेको छ । यसक्षेत्रका सिमानाकामा दर्जनौ काष्ठ उद्योग र फर्निचर उद्योग संचालनमा छन । यसक्षेत्रका काष्ठ उद्योग र फर्निचरका उद्योगहरुले भारतबाट काठ तस्करी गरी आपुर्ती गर्छन ।त्यहिक्रममा प्रहरीलाई प्राप्त विशेष उचनाको आधारमा बिजयनगरकाे सिमानाका पिल्लर नम्बर ५७७/५ काे झाडीमा लुकाईछिपाई राखेकाे खैराे काठ बरामद गरिएको छ।

ठकुरापु प्रहरी चौकी, साझेदारी बन ठकुरापुर, सशस्त्र प्रहरी बल डालपुर,र इलाका प्रहरी गणेशपुरकाे संयुक्त टाेलीले १२ वटा खैराे काठ बरामद गरेकाे हो । बरामद गरिएको काठको मुल्य ६० हजार बराबरको रहेको छ ।विजयनगर गाउँपालिकाका वडा नन्बर ६ र ७, कृष्णनगर नगरपालिका- १२ भारतिय जंगलसंग जाेडिएकाले नदीकाे किनारमा अवस्थित गाउँहरुमा राति तस्करहरुले काठका गाेलियाहरु झाडी, बगैँचा, पराल अथवा गाेठमा लुकाउंछन र बिहानै काष्ठ उद्योगहरुमा पुर्याउने श्रोतले बताएका छन।

जिल्लाकाे पश्चिम सिमानाकाे लालपुर, गेडुवाजाेत, दत्तपुर ठकुरापुर, परशरामपुरघाट लगायतकाे क्षेत्र हुदै काष्ठभित्रिदै आएकाे गणेशपुर प्रहरी टोली जनाएको छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?