विदेशमा रहेका तीसौं लाख नेपालीको मताधिकार सुनिश्चित गर्न जनपक्षीय महिला संगठनको १६ बुँदे माग

विदेशमा रहेका तीसौं लाख नेपालीको मताधिकार सुनिश्चित गर्न जनपक्षीय महिला संगठनको १६ बुँदे माग

महिला नेतृत्वमा ५१% प्रतिनिधित्व र समान अधिकार सुनिश्चित नगरे आन्दोलनको चेतावनी

काठमाडौं, पौष १६ – जनपक्षीय महिला संगठन, नेपालले विदेशमा रहेका करिब तीसौं लाख नेपाली श्रमिकलाई मतदानको अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।


आज संगठनकी अध्यक्ष इन्दिरा अधिकारी नेतृत्वको प्रतिनिधिमण्डलले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठसँग भेट गरी १६ बुँदे जनपक्षीय माग प्रस्तुत गरेको हो।

ज्ञापनपत्रमा सरकारलाई राज्यका सबै निकायमा महिलाको ५१% प्रतिनिधित्व र सबै तहका प्रत्येक्ष निर्वाचनमा अनिवार्य ५१% महिला उम्मेदवार सुनिश्चित गर्न आग्रह गरिएको छ। यसले राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रिय सभा, सभामुख, महानगर, नगरपालिका र गाउँपालिकामा ५१% महिला प्रमुखहरु रहने  संबैधानिक र कानुनी व्यबस्थाको माग गरेको छ।


महिलाहरुको प्रतिनिधिमण्डलले चेतावनी दिंदै भने
“छोराछोरीलाई समान अधिकारका कानुनी व्यवस्था लागू नगरी गरिने निर्वाचन पितृसत्ताको पुनरुत्पादन मात्र हुनेछ।”
संगठनको विज्ञप्तिमा थप भनिएको छ:
छोराछोरीलाई अंशमा समान अधिकार कानुनमा मात्र होइन,प्रत्येक घरको चेतनामा व्यबहारत कार्यान्वयन हुनुपर्छ।
“उपरोक्त मागहरू वर्तमान नेपाली समाजको न्याय, मुक्ति, स्वतन्त्रता र आर्थिक रूपान्तरणसँग प्रत्यक्ष सम्बन्धित छन्। यी एकीकृत, महान् र समृद्ध नेपाल निर्माणका नयाँ आधारहरू हुन्। यदि सरकारबाट समयमै ठोस कदम चालिँदैन भने हामी शान्तिपूर्ण तर दृढ आन्दोलनमा अघि बढ्न बाध्य हुनेछौँ।”

विज्ञप्तिमा जोड दिइएको छ:
“यी मागहरू कुनै व्यक्तिको चाहना होइनन्। यी न्याय, मुक्ति, स्वतन्त्रता र आर्थिक रूपान्तरणका आधारशिला हुन्। यी आधारमाथि मात्रै एकीकृत, महान् र समृद्ध नेपाल निर्माण गर्न सकिन्छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?