अर्घाखाँचीमा टिप्परले ठक्कर दिँदा १ जनाको मृत्यु:

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं ९ टारी भन्ने ठाउँमा टिप्परले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

सडक खण्डमा हंसपुरबाट टारीतर्फ आउँदै गरेको लु.१ ख. ५१३३ नम्बरको बालुवा लोड गरेको टिप्परले पैदल यात्री मालारानी गाउँपालिका वडा नम्बर ५ बस्ने अन्दाजी वर्ष ३०/३२ वर्षका उमेश खत्रीलाई टिप्परले ठोक्कर दिएपछि बायाँ हात र टाउकोमा चोट लागेको अवस्थामा उनी घाइते भएका थिए, ठक्कर दिने गाडी फरार भएको खबर थाहा पाउनासाथ प्रहरी चौकी अर्घाबाट प्रहरी हवलदार भरत जिसीको कमाण्डमा दुई जनाको टोली सोही कार्यालयबाट प्रहरी नायक उपरिक्षक दिवस बहादुर जिसीको कमाण्डमा पाँच जनाको टोली गएको घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल अर्घाखाँची पठाएकोमा राति ८: २० बजे डाक्टर द्वारा निज व्यक्तिलाई मृत्यु घोषणा गरिएको थियो र चालक सम्पर्कमा रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?