गगन थापा र सुरेन्द्र पाण्डेलाई सुदन किरातीको प्रश्न : झगडा गरेर कहिलेसम्म टिक्ने ?

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषदका सदस्य तथा पूर्वमन्त्री सुदन किरातीले नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेलाई विद्रोह गर्न सुझाव दिएका छन् । पार्टीको मूल नेतृत्वका कारण पार्टी र सबै नेताहरु आलोचित मात्रै भएको भन्दै उनले देश पनि संकटतर्फ धकेलिएको उल्लेख गरे । यस्तो अवस्थामा विद्रोह गर्न ती नेतालाई उनले सुझाव दिएका हुन् ।शनिबार पार्टीको कोशी प्रदेश समितिको भेला तथा बैठकलाई सम्बोधन गर्दै किरातीले यस्तो बताएका हुन् ।

इटहरीको गङ्गा जमुना पार्टी प्यालेसमा आयोजित भेलालाई सम्बोधन गर्दै नेता किरातीले पुराना दलका पुरानै अनुहारले देश कब्जा गर्न फेरि गठबन्धनका लागि पहल गरिरहेको उनको भनाइ छ । यस्तो बेला ती पार्टीमा रहेका सचेत नेताहरुले विद्रोह गर्नुको विकल्प नरहेको उनले बताए ।

किरातीले पुरानाहरु मिलेर फेरि देशलाई अन्धकारतर्फ धकेल्ने कुचेष्टा गरिरहेको समेत टिप्पणी गरेका छन् । उनले भने “पुरानाहरु स्वार्थका लागि मिल्ने भनिरहेका छन्, यो अवस्थामा नयाँ शक्तिहरु आपसमा आरोप प्रत्यारोपमा नलागी सहकार्यको बाटोबाट अगाडि बढ्नुपर्ने आवश्याकता रहेको छ । रविजी, बालेनजी, कुलमानजी र हर्कजी लगायतका नयाँ शक्तिहरु देशलाई बेथितिबाट निकालेर समृद्धितर्फ अगाडि बढाउने एजेन्डामा हामी एक हुनपर्छ । आज जनताको भावना पनि त्यही छ । म पूर्व आएपछि हर्कजीका धेरै समर्थकहरुले विदेशबाट सम्पर्क गरिरहेका छन्।

तपाँईहरु मिलिदिनुहोस् भन्ने उहाँहरुको भावनालाई नेतृत्वले कसरी लिइरहेका छौँ, यो गम्भीर विषय हो ।’’फरक प्रसंगमा किरातीले आम जनताको भावनाअनुरुप नेतृत्वले काम गर्न नसक्दा यो संकट आइपरेको बताएका छन् । यो संकट मोचनका लागि सस्तो लोकप्रियतावादी राजनीतिले निकास नदिने समेत उनले बताए । आज पुराना र नयाँ सबै राजनीतिक दलहरु एजेण्डाविहीन बनेर केबल निर्वाचनदेखि निर्वाचनसम्मको राजनीतिमा लागेको उनको आरोप थियो ।

आफूहरु यसबीचमा एक थान पार्टी मात्रै नभएर वर्तमान समाजको अन्तरविरोध हल गर्नसक्ने वैकल्पिक शक्ति निर्माणमा अगाडि बढेको उनले बताए । प्रलोपाले आज ९९ सय जनाको प्रदेश कमिटी घोषणा गरेको छ । कमिटिमा जसमा केन्द्रमास्तै अध्यक्ष परिषद् निर्माण गरिएको छ । जसमा मदन भट्टराई, सम्झना राई (सन्ध्या) शम्भू चौधरी र नरेन्द्र बस्नेत रहेका छन् । त्यस्तै, इन्चार्ज केदार गरागाँई र सह इन्चार्जमा लक्ष्मी न्यौपाने (सरु) रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?